आजदेखि गुल्मीको स्वाँरामा पहिलो होमस्टे महोत्सव

Advertisement

गुल्मीः गुल्मीको स्वाँराका गुरुङ समुदायले आज सोमबारदेखि होमस्टे महोत्सव सुरुगरेका छन् । तीन दिनसम्म चल्ने यो महोत्सव पहिलो पटक आयोजना गरिएको ाहे ।

मुसिकोटको स्वाँराका गुरुङ समुदायले स्थानीयस्तरमा पर्यटन प्रवद्र्धनका लागि आयोजना गरेको यस महोत्सवका लागि सरसफाई र सजावट लगायतका सम्पूर्ण काम आइतबार नै सम्पन्न गरिसकेका थिए ।

होमस्टे महोत्सवको शुभारम्भ कार्यक्रममा गुरुङ समुदायका परम्परागत कला संस्कृति झल्किने प्रस्तुती, खेलकुद कार्यक्रम गरिएको थियो । यस महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका साथै गुरुङ समुदायका परम्परागत कला संस्कृतिको जगेर्नामा समेत सहयोग पुग्ने आयोजकको भनाई छ ।

Advertisement

Advertisement

Advertisement