सन् २०१८ मा भारतमा कच्चा तेलको मूल्य र मुद्रास्फीति बढ्ने, नेपालमा कस्तो प्रभाव पर्ला ?

Advertisement

भारत: भारतको अर्थतन्त्र सन् २०१८ मा साढे सात प्रतिशतले बढ्ने जापानी फाइनान्सियल सर्भिस कम्पनी नोमुराले जनाएको छ ।
त्यस्तै, आगामी वर्ष नीतिगत दरमा परिवर्तन नहुने सम्भावना पनि अधिक रहेको संस्थाले बताएको छ ।

विश्वव्यापि मागमा सुधार आएका कारण यो वर्ष चौथो त्रैमासबाट भारतको आर्थिक वृद्धिमा पुनर्बहाली आउन शुरू गर्ने अर्को वर्षको पहिलो त्रैमाससम्म वृद्धि जारी रहने पनि संस्थाले जानकारी दिएको छ ।

यस्तै, चालू आवको तेस्रो त्रैमासमा ६ दशमलव ३ प्रतिशत रहेको वृद्धिको दर चौथो त्रैमासमा भने ६ दशमलव ७ प्रतिशतमा पुग्ने नोमुराले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

यता, मुद्रास्फीतिमाथिको दबाब बढ्ने र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भइरहेको वृद्धिलाई हेर्दै मौद्रीक नीतिमा थप कडाइ गर्न सकिने अनुमान भने गरिएको छ ।

सन् २०१८ को दोस्रो त्रैमासमा कच्चा तेलको भाउबाहेक खानेकुराको भाउ पनि बढ्ने र यो वित्तीय अनिश्यका कारण हुने बताइएको छ ।

सो अवधिमा मुद्रास्फीति र तेलको भाउ दुवै बढ्ने भएपनि आगामी वर्ष नीतिगत दरमा भने परिवर्तन गर्ने सम्भावना कम नै रहेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement