'यस्तो अनुकुलतामा समेत विकास गर्न सक्दैनन् भने राजनीतिक नेतृत्वले ठूलो मूल्य चुकाउनुपर्छ'

Advertisement

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै सत्तारुढ काँग्रेस नेतृत्वको गठवन्धन पछाडि परेको छ भने एमाले–माओवादी केन्द्रको गठवन्धनले भारी बहुमत ल्याएको छ । नयाँ जनमतसँगै अबको मुलुकको अर्थतन्त्र कसरी अगाडि बढ्छ ? अर्थतन्त्रको मोडल कस्तो रहन्छ ? प्रशासनिक संरचना संरचनाले कसरी काम गर्छ भन्ने अडकल र अन्योलहरु देखिएको छ । यिनै प्रश्नहरुमा केन्द्रित रहेर कर्पोरेट नेपाल डटकमद्धारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘कर्पोरेट नेपाल’मा पूर्वसचिव विमल वाग्लेसँग गत साता गरिएको अन्तरवार्ताको सारः १) एमाले–माओवादी केन्द्रको गठवन्धनको पक्षमा जनादेश आएसँगै बहुमतको स्थिर सरकार बन्ने संभावना देखिएको छ । अबको आर्थिक विकास कसरी अगाडि बढ्ला भन्ने लाग्छ ?

Advertisement

यसमा पृष्टभूमिलाई राखेर हेर्दा जाती होला भन्ने लाग्छ मलाई । अहिलेसम्म हामीले के भन्दै आएका थियौं भने नेपालमा विकासको प्रयासले उपलब्धी दिन नसक्नुमा राजनीतिक स्थिरता भएन । राजनीतिक स्थायित्वलाई हामीले के भनेर बुझ्दै आयौं भने संसदमा एउटा दलको बहुमत भएन, त्यो भएर विकासलाई बाधा पर्यो । जुन कुरा सत्य हो होइन भन्ने कुरा आफ्नो ठाउँमा छ । तर, हामीले भन्दै आएको त्यो हो । अहिलेको निर्वाचनमा प्रत्येक राजनीतिक पार्टीले भन्दै आएको कुरा यो चुनावले हाम्रो राजनीतिक एजेण्डा समाप्त गर्छ, अब संवृद्धिमा जाने हो । सबै दलको प्रमुख एजेण्डा यही भएर बस्यो । अर्को कुरा के छ भने जहिले पनि संक्रमणलाई दोष दिने चलन थियो । यो अब अन्त्य भएर गएको छ । यो चुनावले भोलिको मुलुकको आर्थिक विकासको निम्ति एउटा उपयुक्त बाताबरण सिर्जना गर्छ भन्ने कुरामा विश्वास लिन सकिने ठाउँ देखिएको छ । विश्वास लिनुपर्ने बाध्यता पनि छ । किनभने अब पनि हामीले कुनै कारण देखाएर यो मुलुकको विकास हुँदैन भन्छौं भने अब माफी पाउने अवस्था छैन् ।
अबको सरकारलाई आर्थिक विकासका कत्तिको चुनौति देख्नुहुन्छ ?
मैले त चुनौति देख्दिन, अवसर मात्रै छ । के चुनौति छ र ? गर्न नसक्नु भनेको क्षमता नहुने कुरा एउटा पक्ष हो । तर, यो मुलुक यस्तो मुलुक जस्तो लाग्छ मलाई, विकासका हिसावले अत्यन्तै उर्वर मुलुक हो । यहाँ विकासका संभावनाहरु जताततै देखिन्छन् । डेलिभर हुन नसकेको जस्तो लाग्छ । अहिलेसम्मको हाम्रो अनुभवले भन्नुपर्यो भने यति उर्वर हुँदाहुँदै पनि किन हुन सकेन् ? भनेर खोज्यो भने एउटै उत्तर, जसले यो मुलुकको विकास गर्छु जिम्मा लिएको अथोलिटी जो छ, जसलाई हामी राजनीतिक नेतृत्व भन्नुपर्यो, उहाँहरुले देखाएका प्रतिवद्धताहरु भाषणमा मात्रै सीमित भए । व्यवहारमा भएन । त्यसैले मुलुक विकास नभएको । होइन भने यो मुलुकलाई विकास गर्न यति अवसर छ कि विकास गर्न सकिन भनेर माफ पाँदैन । जनताले पनि माफ दिँदैन अब । दिनुपनि हुँदैन । यदि अब पनि गर्न सकिदैन भने यस्तो किसिमको अनुकुल बाताबरण बन्न पनि सक्दैन, राजनीतिक हिसावले । त्यसको मूल्य निकै महंगो पर्छ । जनता र राजनीति नेतृत्व दुवैले ठूलो मूल्य चुकाउनुपर्छ ।

थप कुराकानी भिडियोमा हेर्नुहोस

Advertisement

Advertisement