१५ प्रतिशत छुटमा जुत्ता चप्पल लिन १३ गते भृकुटीमण्डप जाँऔ

Advertisement

काठमाडौंः स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले भृकुटिमण्डपमा १४ औं जुत्ता चप्पल राष्ट्रिय औद्योगिक प्रदर्शनी गर्ने भएको छ ।

लगातार गरिदै आएको प्रदशर्नी स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासको लागी उपयुक्त माध्यम बन्दै आएको छ । प्रदर्शनीमा जुत्ता चप्पल उत्पादक, छाला जन्य बस्तु उत्पदक, कच्चापदार्थ उत्पादक, तथा बितरकहरुको सहभागीता रहनेछ । भने एक सय ३५ वटा स्टल रहनेछन । प्रदर्शनी पुस १३ गतेदेखि १८ गतेसम्म ६ दिनका लागी चल्ने छ ।

छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता, स्कुल कलेजका जुत्ता, जेन्टस तथा लेडिज चप्पलका साथै उद्योग संग सम्बन्धित कच्चा पदार्थहरुतथा फुड स्टलहरु समेत रहनेछन् ।

हाल नेपालमा दुई सय २९ ठूला तथा मझौला जुत्ता चप्पल उद्योगहरु दर्ता भएका छन् । साथै, घरेलु तथा साना उद्योग विभागमा नौ सय ३२, लेडिज चप्पल उत्पादकहरु एक सय ४०, फेल्ट तथा परम्परागत शिपमा आधारित अनुमानित दुई सय गरि कुल १५ सय एक उद्योगहरु दर्ता भएका छन ।

उद्योगमा करिव १९ अर्व ९४ करोड रुपिँया बरावरको लगानी रहेको छ । उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर भएता पनि हाल बार्षिक चार करोड ३९ लाख ५८ हजार सात सय जोर मात्र उत्पादन भइरहेको जनाइएको छ ।

नेपाली जुत्ता चप्पल स्वदेशमा मात्र नभइ विदेशमा पनि आकर्षणको रुपमा रहेको छ । “आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग” यस प्रदर्शनीको मूल नारा रहेको छ ।

प्रदशर्नीमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै, प्रदर्शनी हल भित्र फेशन शोको आयोजना गरिने छ भने निःशुल्क स्वास्थ्य शिविरको ब्यवस्था मिलाईएको छ । स्कुल तथा कलेजको यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement