पोखरालाई ७ विकेटले पराजित गर्दै भैरहवा क्वालिफायरमा

Advertisement

काठमाडौँः त्रिवि मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) अन्तर्गत दिनको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले जित निकाल्दै क्वालिफायरमा स्थान बनाएको छ । पोखरा राइनोजलाई सात विकेटले पराजित गर्दै भैरहवा क्वालिफयरमा स्थान बनाउने प्रतियोगिताको दोस्रो टोली बनेको हो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको पोखराले १९ ओभरमा अल आउट हुँदै एक सय नौ रनको लक्ष्य भैरहवालाई दिएको थियो । पोखराका इस्रार उल्लाहले सर्वाधिक ४१, सुनिल धमलाले १५, आसिफ अलीले १० रन बनाएका थिए ।

भैरहवाका दिपेश श्रेष्ठ, शरद भेषावकर र कृष्ण कार्कीले दुई दुई विकेट लिएका थिए ।

भैरहवाका लागि कप्तान शरद भेषावकरले ३२ तथा आरीफ शेखले ४८ रनको योगदान दिए । पोखराका ताज वालीले दुई विकेट लिएका थिए ।

जितसँगै भैरहवा क्वालिफायरमा स्थान सुरक्षित गर्ने दोस्रो टोली बनेको छ ।

Advertisement

Advertisement

Advertisement