यसरी मनाए राजधानीवाशीले ख्रिस्टमस

Advertisement

काठमाडौँ: क्रिश्चियन धर्मका संस्थापक यशु ख्रिस्टको जन्म जयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रिस्टमस दिवस मनाइयो ।

यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘ख्रिस्टमस ट्री’ बनाएर सजाइएको छ । मानिसले एकआपसमा ख्रिस्टमस दिवसको शुभकामना आदान–प्रदान गरेका छन् । यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

दिवस मनाइएका स्थलमा यशुको शिक्षा एवं उपदेशको चर्चा गनाका साथै, प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिएको छ । यशु ख्रिस्टको शुभ जन्म दिनको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।

नेपालमा ख्रिस्टियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिस्टियन समुदाय रहेको राष्ट्रिय ख्रिस्टियन महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement