प्रिमियर इन्स्योरेन्सको एफपीओको लागि हुने होइन त तयार ? यस्तो छ कम्पनीको नाफा नोक्सान हिसाव

Advertisement

काठमाडौं: प्रिमियर इन्स्योरेन्सको थप सार्वजनिक निष्कासन (एफपीओ) आउन अव पाँच दिन मात्र बाँकी छ । कम्पनीले पुस १६ देखि ६ लाख ५९ हजार ५६५ कित्ता सेयर (एफपीओ) निष्कासन गर्ने लागेको हो ।

प्रिमियरले फेस भ्यालु १०० रुपियाँमा ६९९ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपियाँ दरमा एफपीओ बेच्न लागेको हो । यस एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार २९० कित्तासम्म आवेदन दिन पाइनेछ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । एफपीओमा आवेदन दिने अन्तिम पुस १९ गते तोकिएको छ । यस अवधिमा आवश्यकता अनुसार एफपीओ बिक्री नभएमा भने माघ १५ गतेसम्म भर्न सकिनेछ । लगानीकर्ताले आस्वा सदस्यता लिएका बैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम बुझाउन सक्नेछन् । यो इन्सुरेन्सले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपियाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन एफपीओको सहारा लिएको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ८५ लाख ३ हजार ८०० रुपियाँ छ । एफपीओपछि भने चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार ३०० रुपियाँ पुग्नेछ ।

यस आधारमा कम्पनीलाई बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन अझै ठूलो रकम आवश्यक पर्ने देखिन्छ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपियाँ हुनुपर्ने व्यवस्था गरेको छ ।

Advertisement

Advertisement

Advertisement