प्रभुले भन्यो - सञ्चालक तथा आधारभूत सेयरधनीले हकप्रद सेयर प्राप्तिका लागि अग्रिम रकम जम्मा गर्नुस्

Advertisement

काठमाडौं : प्रभु बैंकले आफ्ना सम्पूर्ण आधारभूत सेयरधनी र संचालकहरुलाई हकप्रद सेयर प्राप्त हुन पूर्ण लाग्ने रकम सम्बन्धिक बैंकको खातामा अग्रिम जम्मा गर्न हुन अनुरोध गरेको छ ।
सूचना अनुसार पुस २७ गते भित्र बैंकको खाता नं. ९१६२०३०१००१० मा हकप्रद सेयर बापतको रकम जम्मा गरी भौचरको प्रतिलिपि उपलब्ध गराउन आग्रह गरेको हो ।

प्रभु बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्दै छ । धितोपत्र बोर्डले पुस ६ गते नै हकप्रद विक्रीका लागि अनुमति दिइसकेको छ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको दफा १२ को ४ मा हकप्रद सेयर निष्कासनका लागि निवेदन दिएका संगठित संस्थाका सञ्चालक तथा आधारभूत सेयरधनीहरुले आफूले लिनुपर्ने हकप्रद सेयर बराबरको रकम जम्मा गरिसकेपछि मात्र सर्वसाधारण समूहका सेयरधनीका लागि दरखास्त खुला गर्नुपर्ने व्यवस्था छ ।

यही व्यवस्थाका कारण प्रभुले हकप्रद बिक्री खुला अगावै रकम जम्मा गर्न भनेको हो ।

प्रभुले १०ः४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद बिक्री गर्नेछ । यो हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपियाँ पुर्याउन बैंकले ४०% हकप्रद निष्कासन गर्न लागेको हो ।

Advertisement

Advertisement

Advertisement