नेपाल दूरसञ्चारको ५५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ५५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीको यही पुस ३० गते वार्षिक साधारण सभाका लागि पुस १२ गतेदेखि सेयरधनी दर्ता किताव बन्द हुँदैछ ।

यसआधारमा बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउने हुँदा आजसम्ममा सेयर किनिसक्नुपर्नेछ ।

गत आवमा दूरसञ्चारले ५१ प्रतिशत नगद लाभांश दिएको थियो । कम्पनीले भारी मात्रामा नगद दिए पनि बोनस सेयर भने अहिलेसम्म दिएको छैन । चुक्ता पुँजी बढाउन आवश्यक नभएको अनि थप काम गर्न पुँजी जुटाउने आवश्यकता पनि नदेखिएकाले दूरसञ्चार कम्पनी नगद लाभांशमा मात्र केन्द्रित हुँदै आएको छ ।

हाल दूरसञ्चार कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपियाँ छ । यो कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ५ करोड ६५ लाख ३८ हजार ७४ रुपियाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी आम्दानी १०८ रुपियाँ १७ पैसा रहेको दूरसञ्चारको प्रतिसेयर नेटवर्थ ६४३ रुपियाँ ८४ पैसा छ ।

Advertisement

Advertisement

Advertisement