हिमालयनको २५ प्रतिशत बोनस सेयरपछि कतिमा भयो मूल्य समायोजन? आजबाट नयाँ मूल्यमा कारोबार

Advertisement

काठमाडौं: हिमालयन बैंक लिमिटेडको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भई आजबाट नयाँ मूल्यमा सेयर कारोबार खुलेको छ । २५ प्रतिशत बोनसमा मूल्य समायोजनपछि बैंकको प्रतिकित्ता सेयर मूल्य ६७१ रुपियाँ र औसत आधार मूल्य ८५९ रुपियाँ छ ।
हिमालयनले पुस २८ गते वार्षिक साधारण सभा गर्न आजैबाट सेयरधनी दर्ता किताव बन्द गरेको छ ।

सभामा बैंकले २५५ बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.३२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ४९ करोड १६ लाख २४ हजार रुपियाँ छ ।

२५५ बोनस दिइसकेपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख ३० हजार रुपियाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने बैंकले बोनस प्रस्ताव पेश गर्न लागेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ४१ करोड १ लाख १२ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement