ग्रीन डेभलपमेन्टको ४० प्रतिशत हकप्रद सेयरका लागि 'बुक क्लोज' कहिले ?

Advertisement

काठमाडौं: ग्रीन डेभलपमेन्ट बैंकले ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न पुस १७ गते सेयरधनी दर्ता किताव बन्द गर्ने भएको छ ।

बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । यसआधारमा, नयाँ लगानीकर्ताले पनि हकप्रद दाबी गर्न पुस १६ गतेभित्र ग्रीनको सेयर किनिसक्नुपर्नेछ ।

बैंकले १ः४ अनुपातमा १०० रुपियाँ दरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ ।

यो हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्दैछ । हाल ग्रीन डेभलपमेन्ट बैंकको चुक्त पुँजी १० करोड रुपियाँ छ । यो हकप्रद बिक्री भएपछि बैंकको चुक्ता पुँजी ५० करोड रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement