रेमिट्यान्स वृद्धिदर ऋणात्मक, चार महिनामा जम्मा २२८ अर्ब ९५ करोड भित्रियो

Advertisement

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा १.४ प्रतिशतले कमी आई २२८ अर्ब ९५ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय ०.३ प्रतिशतले घटी २६४ अर्ब ५७ करोड रुपियाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरूको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा कमी आएको छ ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

Advertisement

Advertisement

Advertisement