भैरहवालाई ८ विकेटले पराजित गर्दै विराटनगर इपीएलको फाइनलमा

Advertisement

काठमाडौंः त्रिवि मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) अन्तर्गतको पहिलो क्वालीफायरमा जित निकाल्दै विराटनगर वारियर्स फाइन प्रवेश गरेको छ । क्वालीफायरमा भैरहवा ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै विराटनगर फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर विराटनगरलाई १२९ रनको लक्ष्य दिएको थियो । पाएको लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेटको क्षतिमा भैट्टायो ।

भैरहवाका लागि आरिफ शेखले ४६, पुनित मगरले ४९, कप्तान शरद भेषावकरले ७ रन बनाएका थिए । विराटनगरका करण केसी र सहान अदिशाले समान दुई दुई विकेट लिए । त्यस्तै कप्तान पारस खड्का, बसन्त रेग्मी र अभिनास कर्णले समान एक एक विकेट लिए ।

जवाफी ब्याटिङमा आएको विराटनगरका लागि बाबर हायातले सार्वधिक ६२, कप्तान पारस ४२ र विदेशी खेलाडी अंशुमानले २६ रनको योगफल तयार पारेपछि टोलीले सहज जित निकाल्यो ।

Advertisement

Advertisement

Advertisement