सूर्य नेपालको कल्याणकारी कोषको रकम असुलउपर नगर्न अन्तरिम आदेश

Advertisement

काठमाडौँ: सर्वोच्च अदालतले सूर्य नेपाल प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न/नगराउन आन्तरिक राजश्व विभागका नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज सो प्रालिको प्रतिष्ठानस्तरको कल्याणकारी कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुलउपर नगर्न/नगराउन सो आदेश दिएको हो ।

आदेशमा बोनसबापत छुट्याइएको रकममध्ये वितरण नभएको रकम आयमा समावेश गरी कर निर्धारण गरेको देखिदा सोबमोजिम रकम आयमा समावेश गर्न नमिल्ने र निवेदनको अन्तिम टुंगो नलागेसम्म कोषमा जम्मा भएको रकममा कर तथा ब्याजसमेतको रकम असुल्न उपर नगर्न भनिएको छ ।

Advertisement

Advertisement

Advertisement