म्यानचेस्टर सिटीको प्रिमियर लिगमा कीर्तिमानी १८ औं जित

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले लगातार आफ्नो १८ औं जित निकालेको छ । सिटीले लिगमा न्युकासल युनाइटेडलाई १-० ले पराजित गर्दै किर्तिमानी जित दर्ता गरेको हो ।

अघिल्लो दिन दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले बर्नलीसँग बराबरी खेलेपछि सिटीलाई फाइदा पुगेको हो । युरोपका प्रमुख पाँच लिगमध्ये बार्यन म्युनिखको नाममा लगातार १९ खेल जितेको कीर्तिमान छ ।

न्यसकासको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि एक मात्र गोल रहिम स्टर्लिङले ३१ औं मिनेटमा गोल गरे । यससँगै पेप ग्वार्डिओलोको टिमले लिग उपाधि जित्ने सम्भावना बलियो बन्दै गएको छ ।

सिटी यो सिजन लिगमा अपराजित छ । जितसँथै सिटी लिगमा २० खेलबाट ५८ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ ।

Advertisement

Advertisement

Advertisement