ज्योति विकासको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं: ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकको वार्षिक साधारण सभा यही पुस ३० गते हुने भएकोले पुस १६ गते उसले सेयरधनी दर्ता किताव बन्द गर्दै छ ।

पुस १४ गते शुक्रबार र १५ गते शनिबार भएकाले बोनस सुरक्षित गर्न बिहीबार नै सेयर किनिसक्नुपर्ने हुन्छ । साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा ज्योतिले एक्वायर गरेको राप्तीभेरी विकास बैंकका सेयरधनीले भने छ प्रतिशत बोनस सेयर पाउने प्रस्ताव पेश हुनेछ ।

बैंकले तत्कालीन राप्तीभेरीको सञ्चालक समितिले पारित गरेको वित्तीय विवरणका आधारमा राप्तीभेरीका सेयरधनीलाई भने छ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो ।

ज्योतिले राप्तीभेरीलाई एक्वायर गरी कात्तिक ८ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।

सभाले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव हुनेछन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले ४ करोड ५२ लाख ५९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement