भर्ने होइन त उन्नतिको आइपीओ, कहिलेदेखि खुल्ने भयो आवेदन ?

Advertisement

काठमाडौंः उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले एक लाख ६५ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । संस्थाले पुस २१ गतेदेखि प्रस्तावित आइपीओ निष्कासन गर्ने भएको हो ।

जसबाट संस्थाले चार प्रतिशत (छ हजार छ सय कित्ता) कर्मचारीलाई र पाँच प्रतिशत (आठ हजार दुई सय ५० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको एक लाख ५० हजार एक सय ५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रतिकित्ता एक सय रुपियाँका दरले आइपीओ किन्न पाइनेछ । आइपीओको लागि पुस २५ गतेसम्म आवेदन दिन सकिनेछ । तोकियको समयमा आवश्यक मात्राको आवेदन नपरेमा समय थप गरि माग ५ गतेसम्म भर्न सकिनेछ । आइपीओको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन भर्न सक्नेछन् । संस्थाले जारी पुँजीको ३० प्रतिशत आइपीओ बिक्री गर्न लागेको हो । यो माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय रुपन्देही जिल्लामा रहेको छ ।

उन्नतिले गत आर्थिक वर्षमा एक करोड ६९ लाख ४५ हजार रुपियाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४४ रुपियाँ दुई पैसा छ ।

Advertisement

Advertisement

Advertisement