हिमालयन जनरलको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं: हिमालयन जनरल इन्स्योरेन्सको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको हो ।

इन्स्योरेन्सले पुस ३० गते वार्षिक साधारण हुँदै छ र सो सभाले उक्त प्रस्ताव पेश गर्दैछ । यसका लागि कम्पनीले शुक्रबारबाट बुक क्लोज गर्नेछ ।

लाभांश पाउन बुक क्लोज हुनुभन्दा अघि नै सेयरधानी बन्नुपर्छ । यसआधारमा, नयाँ लगानीकर्ताले पनि बिहीबार नै हिमालयनको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ ।

हाल कायम सेयरधनी भने स्वत लाभांशको हकदार हुनेछन् । इन्सुरेन्सले सेयरधनीहरुलाई १५ प्रतिशतले हुने ५ करोड ७७ लाख ८० हजार रुपियाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

हिमालयनले बिमा समितिले तोके अनुसार चुक्ता पुँजी १ अर्ब रुपियाँ पुर्याइसकेको छ । इन्सुरेन्सले असार २८ देखि भदौ ९ गतेसम्म १६६.६७ प्रतिशत हकप्रद बिक्री गरी चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपियाँ बनाएको हो ।

कम्पनीले नगद लाभांश भने १६६.६७ प्रतिशत हकप्रद सेयर बिक्री गर्नुभन्दा अघि कायम ३८ करोड ५२ लाख रुपियाँ चुक्ता पुँजीको १५ प्रतिशत दिन लागेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड २३ लाख १९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement