गुहेश्वोरी मर्चेन्टको ४५ हजारबढी हकप्रद सेयर लिलामी आजबाट खुला

Advertisement

काठमाडौं: गुहेश्वोरी मर्चेन्ट एण्ड फाइनान्सले बिहीबारबाट सर्वसाधारण समूहको ४५ हजार ८७६.७६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपियाँलाई आधार मानेर आवेदन गर्नुपर्नेहुन्छ । लिलामीका लागि अन्तिम म्याद पुस २० गतेसम्म रहनेछ ।

यसअघि गुहेश्वरीले कात्तिक १२ देखि मंसिर १८ गतेसम्म १९ लाख ७३ हजार ९२८.७७ कित्ता अर्थात ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स रहेको छ र शाखा कार्यालयहरु लगनखेल, ललितपुर र चिप्लेढुंगा पोखराबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

हाल गुहेश्वरीको चुक्ता पुँजी ४९ करोड ३४ लाख ८२ हजार १९२ रुपियाँ छ । लिलामी सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख ७५ हजार ६९ रुपिया पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement