निर्धन र डिप्रोक्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं: निर्धन उत्थान बैंकको ८०.७१ प्रतिशत र डिप्रोक्स लघुवित्त विकास बैंकको ३१ प्रतिशत लाभांश सुरक्षित
गर्ने आज अन्तिम दिन रहेको छ ।

पुस २९ गतेको सभामा बैंकले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्दैछ ।

त्यसका लागि निर्धनले शुक्रबारबाट बुक क्लोज गर्दैछ । यसआधारमा कम्पनीको बम्फर लाभांस सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ ।

यस्तै, साधारण सभामा निर्धनले पुँजी संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउने प्रस्ताव पनि लैजादैछ ।

हाल निर्धनको चुक्ता पुँजी ६० करोड रुपियाँ छ । बोनस सेयर वितरणपछि भने यसको चुक्ता पुँजी १ अर्ब रुपियाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड ५५ लाख १८ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

त्यस्तै, डिप्रोक्सको १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरेको छ । कम्पनीको साधारण सभा पुस २७ गते हुँदै छ ।

यसआधारमा कम्पनीको लाभांस सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ ।

डिप्रोक्सले बोनस सेयरका लागि ९ करोड ६९ लाख ७९ हजार ३६६ रुपैयाँ र नगद लाभांश वितरणमा ९ करोड ९ लाख १८ हजार १५५ रुपियाँ खर्च गर्नेछ ।

साधारण सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे सुरु हुनेछ ।

बोनस सेयरपछि जारी पुँजी तथा चुक्त पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ४१ लाख ४५ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement