ललितपुरलाई हराउँदै भैरहवा इपीएलको फाइनलमा, विराटनगरसँग भिड्ने

Advertisement

काठमाडौंः इपीएलको दोस्रो क्वालिफायरमा जित निकाल्दै भैरहवा ग्लाडियटर्स फाइनलमा प्रवेश गरेको छ । ललितपुर प्याट्रिवट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा फाइन पुगेको हो ।

सुरुवाती ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १३३ रनको लक्ष्य भैरहवालाई दिएको थियो । लक्ष्य पछ्याउने क्रममा भैरहवाले ७ विकेटको क्षतिमा ३ बल बाँकी छँदा भेट्टायो ।

ललितपुरका विदेशी खेलाडी कोल्सावालाले ४२, सन्नी पटेलले २४, दिनेश भण्डारीले २२ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रनको योगदान दिएका थिए । भैरहवालाई जिताउनका लागि दिनेश भण्डारीले २८, रोहित मिश्रले १६, कप्तान भरद भेषावकरले ९ रनको योगदान दिए ।

विजेता भैरहवाले फाइनलमा उपाधिधका लागि शनिबार विराटनगर वारियर्ससँग खेल्नेछ ।

Advertisement

Advertisement

Advertisement