एनसेल मेला विराटनगरको हाटखोलामा भोलि, मनोरञ्जनात्मक र जानकारीमूलक हुने

Advertisement

काठमाडौंः निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदान गर्न भन्दै सञ्चालन गरिरहेको ‘एनसेल मेला २०७४’ भोलि शनिवार विराटनगरको हाटखोलामा आयोजना गर्ने भएको छ ।

गत हप्ता पोखरा मेला सम्पन्न गरेको एनसेलले पोखरेली दर्शक र पर्यटकहरुको मन जित्न सफल उक्त मेला सफल भएको जनाएको छ । विराटनगरमा पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्न मेला सफल हुने जनाइएको छ । मेला बिहान ११ बजे सुरु हुनेछ ।

मनोरञ्जनात्मक कार्यक्रमहरुसहितको एनसेल मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्टबाट रमाइलो लिन सक्नेछन् । मेलामा विभिन्न गेम्स् लगायतका मनोरञ्जनात्मक गतिविधिहरु फोरजी थिममा आधारित हुने र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्द लिन सक्नेछन् ।

मेलामा कलाकारहरु शिव परियार, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनर अप अनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ । त्यसैगरी स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनि आयोजना गरिनेछ ।

सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी कार्यक्रमहरु समावेश गरिएको भन्दै एनसेलले मेलामा आ(आफ्ना साथीभाई र परिवारका साथ सहभागी भई रमाइलो गर्न कम्पनीले आग्रह गरेको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । साँझ ६ः३० बजेसम्म चल्ने मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि जानकारी लिनुका साथै विशेष एनसेल फोरजी जोनमा फोरजी इन्टरनेट चलाएर टेष्ट पनि गर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् ।

मेलामा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्य आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरुले दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने एनसेलको विश्वास छ । बालबालिकाहरुले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत आकर्षक गेम तथा गतिविधिहरुमा घुलमिल भई रमाइलो गर्न सक्नेछन् ।

एनसेलकाअनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७ को बिदाई र नयाँ वर्ष २०१८ को स्वागत गर्नका लागि एनसेल मेला सबभन्दा उपयुक्त कार्यक्रम हुनेछ । पोखराबाट शुरु भएको यो मेला पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

Advertisement

Advertisement

Advertisement