नेपाल माहेश्वरी परिषदको प्रथम साधारणसभा सम्पन्न

Advertisement

काठमाडौंः नेपाल माहेश्वरी परिषदको षष्टम सत्रको पहिलो साधारणसभा माहेश्वरी समाज, काठमाडौंको आथित्यतमा शनिबार सम्पन्न भयो । माहेश्वरी सदन नक्सालमा आयोजित कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल प्रमुख अथिति थिए ।

कार्यक्रममा अखिल भारत बर्षीय माहेश्वरी महासभाका पूर्वाञ्चल उपाध्यक्ष रमेश तापडिया र नेपाल बसोबास गर्ने नेपाल बसोबार गर्ने माहेश्वरी समुदायको छाता संगठन नेपाल माहेश्वरी परिषदका अध्यक्ष जयकिसन सारडा, अखिल भारत बर्षीय माहेश्वरी महासभा कार्यसमितिका सदस्यहरु आनन्द मारु, माहेश्वरी सदन ट्रष्टबोर्डका अध्यक्ष नन्दकिशोर मुन्दडा, माहेश्वरी महिला मञ्च काठमाडौंका अध्यक्ष पुष्पा चितलागीया, माहेश्वरी युवा मञ्च काठमाडौंका अध्यक्ष सुरेश इनानीलगायत सहभागी थिए ।

कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष कैलाशचन्द्र मुन्दडाले स्वागत गरेका थिए भने अखिल भारतबर्षीय माहेश्वरी महासभा पूर्वाञ्चल उपाध्यक्ष तापडीया, माहेश्वरी परिषदका अध्यक्ष सारडा, माहेश्वरी महिला मञ्च काठमाडौंकी अध्यक्ष चितलाँगीया, माहेश्वरी युवा मञ्च काठमाडौंका अध्यक्ष इनानीलगायतले सम्बोधन गरेका थिए ।

साधारणसभाको बन्दसत्रमा माहेश्वरी परिषदको कार्यप्रगति विवरण तथा आर्थिक विवरणहरु प्रस्तुत गरी पास गरिएको थियो । भगवान शिवप्रति प्रमुख आस्था राख्ने माहेश्वरी समुदाय विभिन्न उद्योग व्यापारमा संलग्न रहनुका साथै सामाजिक कार्यहरुमा पनि निकै सक्रिय सहभागीता देखाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement