चुनाव चिन्ह एउटै भएको भए हाम्रो दुईतिहाई आउने रैछ– पाण्डे

Advertisement

काठमाडौंः एमाले नेता सोमप्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभए पनि नयाँ सरकार गठन हुने बताएका छन् । रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि हुन्छ, त्यसैले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ ।’

पाण्डेले वाम गठबन्धनको नेतृत्वमा दुई हप्ताभित्रै नयाँ सरकार बन्ने विश्वास दिलाए । उनले भने, ‘अब सरकार गठनको प्रक्रिया हामी सुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभाको गठन नभए पनि हुन्छ ।’

नेता पाण्डेले वाम गठबन्धनलाई जनताले बहुमत मात्रै नभएर झण्डै दुई तिहाई मत दिएको स्पष्ट पारे । उनले भने, ‘चुनाव चिन्हका कारण दुई तिहाई मत आउन सकेन, तर हामी झण्डै दुई तिहाईको नजिक छौं ।’

पाण्डेले तत्काल एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण प्रक्रिया पनि सुरु हुने विश्वास दिलाए । उनले भने, ‘कामको हिसावले हामी एउटै कमिटी जस्तो छौं, अब माओवादी र एमाले एउटै पार्टी भसके, जनताले एकता अनुमोदन गरिसके ।’

Advertisement

Advertisement

Advertisement