स्ट्याण्डर्डको शतप्रतिशत बोनस सेयरपछि मूल्य समायोजन

Advertisement

काठमाडौं: स्ट्याण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस सेयर समायोजन पछि नयाँ मूल्य ९५० प्रतिकित्ता कायम भएको छ ।

आइतबार यसको सेयर कारोबार पनि ९५० रुपियाँलाई आधार मानेर उसको सेयर कारोबार खुलेको छ । त्यस्तै, बैंकको औसत आधार मूल्य १६ सय २२ रुपियाँ छ ।

चार्टर्डको बिहीबारको अन्तिम कारोबार मूल्य १९ सय रुपियाँ थियो । १०० प्रतिशत बोनस समायोजनपछि उसको भाउ घटेर ९५० रुपियाँमा आएको हो ।

बैंकको पुस २६ गते वार्षिक साधारण सभा हुँदै छ जसमा १०० प्रतिशत बोनस र ५ रुपियाँ २६ पैसा नगद लाभांश दिने प्रस्ताव पेस हुनेछ । बैंकको आजैबाट सेयरधनी दर्ता किताव बन्द गरिएको छ ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३० हजार ६६७ रुपियाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४८ करोड २५ लाख ३१ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement