प्रिमियर इन्स्योरेन्सको एफपीओ आजदेखि खुला

Advertisement

काठमाडौंः प्रिपियर इन्स्योरेन्सको छ लाख ५९ हजार पाँच सय ६५ कित्ता एफपीओ पुस १६(आइतबार)देखि बिक्री खला भएको छ । प्रिमियरले फेस भ्यालु एक सय रुपियाँमा छ सय ९९ रुपियाँ थप्दै प्रतिकित्ता सात सय ९९ रुपियाँका दरले ५२ करोड ६९ लाख ९२ हजार चार सय ३५ रुपियाँ बराबरको एफपीओ बिक्रीमा ल्याएको हो ।

एनएमबि क्यापिटल बिक्री प्रबन्धकमा रहेको यस एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार दुइ सय ९० कित्तासम्मको लागि आवेदन दिन पाइन्छ । आवेदन पुस १९ गतेसम्म दिन सकिन्छ । तोकियको समयमा आवश्यक एफपीओ बिक्री नभए फेरि माघ १५ गतेसम्मको लागि खुला गरिनेछ ।

लगानीकर्ताले आस्वा सदस्यता लिएका बैक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम बुझाउन सक्नेछन् । प्रिमियरले बिमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन एफपीओको जारी गरेको हो । हाल प्रिमियरको चुक्ता पुँजी ४४ करोड ८५ लाख तीन हजार आठ सय रुपियाँ छ । एफपीओपछि कम्पनीको चुक्ता पुँजी ५१ करोड ४४ लाख ६० हजार तीन सय रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement