एनआईसीका सेयरधनीलाई २० प्रतिशत बोनस सेयर उसकै डिम्याट खातामा, नआउनेले यसो गर्नुहोस् ?

Advertisement

काठमाडौं: एनआईसी एसिया बैंकले आफ्ना सेयरधनीहरुलाई बैंकको २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको हिताग्राही खाता (डिम्याट) मा स्वत: जम्मा गरिदिएको छ ।

बैंकले भदौं १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस खातामा जम्मा गरिदिएको हो । विभिन्न कारणबस हालसम्म पनि सेयर डिम्याट नगराएका सेयरधनीले भने सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल र एनआइसी एसिया बैंकको कुनै पनि शाखा कार्यालय तथा आफूलाई पायक पर्ने नजिकको निक्षेप सदस्य मार्फत हितग्राही खाता खोल्नुपर्नेछ ।

खाता खोलेपछि बैंकको सेयर रजिष्ट्रारको कार्यालय बबरमहलमा सम्पर्क गर्नुपर्नेछ। तब मात्रै सम्बन्धित सेयरधनीले बोनस सेयर पाउने छन् ।

त्यस्तै, डिम्याट सेयर धितो बन्धक राखी सेयर कर्जा लिएका सेयरधनीको बोनस रोक्का भए नभएको यकिन गरी नभएको भए रोक्का राख्न समेत बैंक तथा वित्तीय संस्थालाई बिक्री प्रबन्धकले आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement