दक्षिण भारतीय अभिनेता रजनीकान्त अब राजनीतिमा प्रवेश

Advertisement

एजेन्सीः दक्षिण भारतीय अभिनेता रजनीकान्त (शिवाजीराव गायकवाड) अब औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका छन् । भारतको तामिल नाडु राज्यको राज्यसभा चुनावको पुर्वसन्ध्यामा उनी राजनीतिमा प्रवेशको घोषणा गरेका हुन् ।

अभिनयबाट चर्चाको चुलीमा पुगेका उनले ‘राजनीतिक सुद्धिकरण’का लागि आइतबार आफ्ना समर्थकमाझ राजनीतिमा ‘डेब्यू’ गरेको घोषणा गरेका हुन् । तर, उनी कुनै पार्टीमा प्रवेश भने गरेनन् । रजनीकान्तले नयाँ पार्टी खोलेर तमिल नाडु राज्यसभाका सबै सिटमा र सन् २०१८ को लोकसभा चुनावमा समेत लड्ने उद्घोष गरे।

उनले तमिल नाडुमा खराव राजनीति चलेको भन्दै आफु ‘सरकार र सिस्टम’ बदल्न राजनीतिमा प्रवेश गरेको बताए । उनले आफुले स्वयंसेवक नभई अभिभावक चाहेको बताए ।

रजनीकान्तलाई दक्षिण भारतमा भगवानलाई जसरी पुजा गरिन्छ ।

Advertisement

Advertisement

Advertisement