वृद्धाश्रम निर्माणका लागि नेपाल बङलादेश बैंकको आर्थिक सहयोग

Advertisement

काठमाडौंः नेपाल बङलादेश बैंक इटहरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत माया घर नेपाललाई बृद्धाश्रम निर्माण गर्न ५५ हजार ५५५ रुपियाँ आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम बराबरको चेक आइतबार बैंककका शाखा प्रमुख बिष्णु रायमाझीले संस्थाका कोषाध्यक्ष शान्ता न्यौपानेलाई हस्तान्तरण गरे । इटहरीमा सामाजिक कार्यका क्षेत्रमा सक्रिय महिलाहरुको अगुवाईमा स्थापित उक्त सामाजिक संस्था माया घर नेपालले इटहरी उपमहानगरपालिका वडा नं.२, हवाई चोकमा बृद्धाश्रम बनाउने उद्देश्यले यही मिति २०७४ साल पुस ८ गते देखि १५ गते सम्म श्रीमद् भागवत जीवनदर्शन ज्ञान महायज्ञ सञ्चालन गरिरशेबमे जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement