माओवादीका एक नेता भन्छन्– एमालेले सरकारको नेतृत्व गरे पार्टीको नेतृत्व हामीलाई चाहिन्छ

Advertisement

भक्तपुरः माओवादी केन्द्रका एक नेता अग्नी सापकोटाले सरकारको नेतृत्व एमालेले गर्ने भए पार्टीको नेतृत्व आफूहरुलाई दिनुपर्ने शर्त अघि सारेका छन् ।
भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले तथा सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्ने बताए ।

बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शर्षी दुई नेताले स्थायी रुपमै गर्ने सापकोटाले बताए । उनले कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताए ।

उनले जनताले बामगठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेको कारण देउवाले राजीनामा दिनुको विकल्प नरहेको बताए । सापकोटाले अहिले भइरहेको भ्रष्टाचारको एकाएक हिसाब चाहिने भन्दै भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमितामा राखेर काम गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement