प्रिमियर लिगमा सिटीको अपराजित यात्रामा प्यालेसले लगाइदियो पुर्णविराम

Advertisement

एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिग लिडर म्यानचेस्टर सिटीको कीर्तिमानी विजयी यात्रामा पुर्णविराम लागेको छ । लिगमा सिटीले लगातार १८ खेल जितेर एकै सिजनमा धेरै खेल जित्ने कीर्तिमान बनाएको सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।

गए राति प्यालेसको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि गोलरक्षक एण्डरसनले उत्कृष्ट खेल प्रदर्शन गरे । एण्डरसन मोरेसको उत्कृष्ट प्रदर्शनपछि सिटीले घरेलु टोलिसँग प्रतिस्पर्धात्मक बराबरी खेलेको हो । खेलको अन्तिम समयमा प्यालेसका लुका मिलिभोजेभिकको पेनाल्टी प्रहार रोक्दै एण्डरसनले सिटीलाई हारबाट जोगाएका हुन् ।

खेलको इन्जुरी समयमा रहिम स्ट्रलिङले पेनाल्टी एरियामा विल्फ्रिड जाहालाई लडाएपछि क्रिष्टलले पेनाल्टी पाएको थियो । खेलमा सिटीले पाएको अवसर सदुपयोग नगर्दा बराबरी खेल्दै अंक बाडेको हो । बराबरीसँगै सिटीको विजय यात्रामा पुर्णविराम लागेको छ ।

बराबरीसँगै लिगमा सिटी २१ खेलबाट ५९ अंकका साथ शीर्ष स्थानमा रहेको छ । सिटीे भन्दा १४ अंकले पछि रहेको समान खेलबाट लिगमा ४५ अंक रहेको छ ।

Advertisement

Advertisement

Advertisement