सांग्रिला डेभलपमेन्टलाई चुक्ता पुँजी पुर्याउन हकप्रदको शाहरा, आजबाट खुल्यो विक्री

Advertisement

काठमाडौं: सांग्रिला डेभलपमेन्ट बैंक पुस १७ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । सांग्रिलाले १०ः८ को अनुपात अर्थात १० कित्ता सेयर बराबर थप ८ कित्ता) १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

सांग्रिलाको हकप्रदमा मंसिर २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हकप्रद भर्ने अन्तिम म्याद भने माघ २१ गते तोकिएको छ । आवेदन प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौं तथा सांग्रिलाको मुख्य कार्यालय बालुवाटार काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, बनेपा, जनकपुर र दमक शाखा कार्यालय तथा आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपियाँ पुर्याउने अभियानमा रहेको यस बैंकले कसमस डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत कारोबार पनि सुरु गरिसकेको छ ।

हाल सांग्रिलाको चुक्ता पुँजी १ अर्ब ३५ करोड ८४ लाख ७४ हजार ७५० रुपियाँ रहेको छ । हकप्रदपछि भने बैंकको चुक्ता पुँजी २ अर्ब ४४ करोड ५२ लाख ५४ हजार ६०० रुपियाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिलाले ४ करोड १० लाख ६५ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement