ज्योति विकासको कतिमा भयो मूल्य समायोजन ? राप्तिभेरीका लगानीकर्तालाई केही मार

Advertisement

काठमाडौं: ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयरमा नयाँ मूल्य समायोजन गरिएको छ । बोनसपछि बैंकको सेयर मूल्य १६२ रुपियाँ कायम भएको छ ।

आज सेयर कारोबारको दोश्रो दिन बैंकको कारोबार पनि सोही मूल्यलाई आधार मानेर संचालनमा आएको छ । ज्योतिको औसत आधार मूल्य भने १९७ रुपियाँ छ । बैंकको साधारण सभा पुस ३० मा हुँदैछ ।

ज्योतिको राप्तिभेरीका लगानीकर्ता ६ प्रतिशत बोनस दिने निर्णयमा विवाद हुँदै जाँदा नेप्सेले १० प्रतिशतमै भएपनि मूल्य समायोजन गरेको हो

ज्योतिले राप्तीभेरीलाई गाभिसकेको भए पनि गाभिएको कम्पनीको लगानीकर्तालाई भने ६% मात्र बोनस दिएको छ । तर अहिले मूल्य समायोजन भने १० % लाई नै आधार मानेर गरिएको हो । यसबाट राप्तीभेरीका लगानीकर्ता भने केही मारमा परेका छन् ।
सभामा बोनस प्रस्तावका साथै प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि लगिंदैछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले ४ करोड ५२ लाख ५९ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement