सिजी एलइडी टिभीमा तीन वर्षे वारेन्टीको आकर्षक अफर

Advertisement

काठमाडौंः नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले सिजीका सम्पूर्ण एलइडी टिभीमा तीन वर्षको वारेन्टी तोकेको छ । चौधरी ग्रुपको उत्पादन सिजी एलइडी टिभीमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै उक्त अफर ल्याइएको जनाइएको छ ।

सिजीको गुणस्तरीय सामानसँगै अझै उपभोक्तालाई विश्वास पार्न तीन वर्षे वारेन्टी अवधि तोकिएको भन्दै कम्पनीले यो योजना सीमित अवधिको लागि सम्पूर्ण मोडलहरुमा लागू गरिएको जनाएको छ ।

भविष्यमा विश्वस्नीयतालाई अझ प्रगाड गर्नका लागि सिजीका अन्य विभिन्न प्रोडक्टमा पनि वारेन्टी अवधि बढाउँदै लैजाने कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement