वैशाख तेस्रो सातामा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव

Advertisement

काठमाडौंः नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा आउँदो बैशाख १४ गतेदेखि १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ हरेक बर्ष आयोजना गरिँदै आएको यस किसिमको महोत्सव यस बर्ष वैशाख तेस्रो सातामा गर्न लागिएको हो । यो महोत्सव पाँच दिनसम्म भृकुटीमण्डपमा चल्नेछ ।

यस बर्षको महोत्सवको नार ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ तय गरिएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्ने र मुलुकमा राजनीतिक स्थिरतासँगै आर्थिक संवृद्धिलाई अघि बढाउने संभावना बढेको बेला यस महोत्सवले ठूलो महत्व राख्ने महासंघका अध्यक्ष श्याम गिरी बताउँछन् ।

उनले झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने बताए । गिरीले नेपालको औद्योगिक तथा निर्यातमा समेत महत्वपूर्ण योगदान दिँदै आएको लघु, घरेलु तथा साना उद्योग क्षेत्र आर्थिक समृद्धिकाको आधार भए पनि राज्यबाट उचित संरक्षण र सहयोग पाउन नसकेको भन्दै प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको बताए ।

नयाँ प्रविधिको प्रयोग र व्यवसायी एवं कामदारहरुको क्षमता विकास गर्न सके यस्ता उद्योगहरुले आकर्षक प्रतिफल दिनसक्ने भन्दै धेरैजसो परम्परागतरुपमा चल्दै आएका यस्ता उद्योगहरुमा आकर्षण घट्दै जाँदा पुस्ता हस्तान्तरण हुन नसकिरहेको बताए ।

यस पटकको प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । कुल २५० स्टलको व्यवस्था हुने यस महोत्सवलाई दुई लाख भन्दा बढीले अवलोकन गर्ने र पाँच करोड भन्दा बढीको प्रत्यक्ष कारोबार हुने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement