नेपाल एसबिआईको मुनाफामा १४.३६ प्रतिशतले वृद्धि, निष्क्रिय कर्जा ०.१० प्रतिशतमा सीमित

Advertisement

काठमाडौंः नेपाल एसबिआई बैंकले गएको आर्थिक बर्षमा खुद मुनाफा १४ दशमलव ३६ प्रतिशतले वृद्धि गरी एक अर्ब ५२ करोड ३६ लाख नाफा कमाउन सफल भएको छ ।

बैंकले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो आर्थिक अवस्था सार्वजनिक गरेको हो । जसअनुसार बैंकले गएको बर्षमा ब्याज आम्दानी २० दशमलव ७२ प्रतिशतले वृद्धि गरी दुई अर्ब ९१ करोड ६७ लाख, कुल सञ्चालन मुनाफा १३ दशमलव ६३ प्रतिशतले वृद्धि गरी दुई अर्ब ३३ करोड ९९ लाख पुर्याउन सफल भएको छ ।

त्यस्तै बैंकले सम्पत्तिको गुणस्तरमा उल्लेख्य सुधार गरी खुद निष्क्रिय कर्जा शुन्य दशमलव १० प्रतिशतमा सीमित गर्न सफल भएको छ । बैंकले यस बर्ष ६९ हजार ९०५ वटा नयाँ बचत खाता खोल्न सफल भएको जानकारी दिनुका साथै निक्षेप खाताको संख्या १३ दशमलव १३ प्रतिशतले बढाएर सात लाख तीन हजार पुर्याउन सफल भएको जनाएको छ ।

नेपाल एसबिआई बैंकमा इन्टरनेट बैंकिं सेवाग्राहीको संख्या २५ दशमलव ९१ प्रतिशतले बढेर ५६ हजार पुगेको, गएको असारसम्म छ लाख २९ हजार कार्ड बितरण गरिएको,, साना तथा मझौला उद्योगमा लगानी ३४ दशमलव २१ प्रतिशतले बढेर दुई अर्ब ५२ करोड पुगेको जनाइएको छ ।

बैंकले गत बर्षको मुनाफाबाट सेयरधनीलाई १५ दशमलव ४२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ८१ प्रतिशत नगद लाभांश दिने निर्णय यसअघि नै गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement