प्रभुको ४० प्रतिशत हकप्रद सेयर माघ ७ गतेदेखि

Advertisement

काठमाडौंः प्रभु बैंकले माघ सात गतेदेखि दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले १०ः४ को अनुपातमा ४० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

फागुन १३ सम्ममा आवेदन भर्न पाइने हकप्रद एक सय रुपियाँ अंकित मूल्यको हुनेछ । बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ भने पुस २० गतेसम्ममा कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा सनाराइज क्यापिटल, कमलपोखरी रहेको हकप्रदमा पुुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रदको लागि प्रभु बैंकको प्रधान कार्यालय बबरमहलका साथै यसका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले उक्त हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपियाँ छ भने हकप्रदपछि ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपियाँ चुक्ता पुजी पुग्नेछ ।

चालु आवको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement