ओमले १७ प्रतिशत बोनस सेयरको प्रस्ताव साधारण सभामा पेस गर्ने

Advertisement

काठमाडौंः ओम डेभलपमेन्ट बैंकले १७ दशमलव ६९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभामा लग्ने भएको छ । बैंकले दुई अर्ब १३ करोड ७१ लाख २८ हजार ३०० रुपियाँको १७ दशमलव ६९ प्रतिशत बोनस सेयर प्रस्ताव गर्न लागेको हो ।

बैंकले नगद लाभांस दिएको छैन भने बोनस सेयरमा लाग्ने करसमेत सेयरधनी आफैले तिर्नुपर्ने छ । बैंकले ३० प्रतिशत हकप्रद बिक्रीपछि कायम भएको चुक्ता पुँजीबाट उक्त बोनस सेयर दिन लागेको हो । बोनस सेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ५१ करोड ५२ लाख ३५ हजार ६०० रुपियाँ हुनेछ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले तीन करोड ७४ लाख २६ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement

Advertisement