कृषि विकासले २० प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौंः कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सोमबार बसेको ६७३ औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकको गत आव २०७३/७४ सम्मको संचित चुक्ता पुँजीको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ दशमलव ०५ प्रतिशत नगद लाभांस दिन लागेको हो ।

साथै, बैंकले अग्राधिकार सेयर पुँजीमा छ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement