टेलिकमको सेवालाई थप विस्तार र गुणस्तरीय बनाउँदै छौंः कामिनी

Advertisement

कठमाडौंः नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले देशको ६३ प्रतिशत जनसङख्यालाई सेवा उपलब्ध गराइरहेको र आगामि दिनमा सेवालाई थप विस्तार र गुणस्तरीय गरिने बताएकी छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल टेलिकमको ११औं बार्षिकोत्सवमा उनले टेलिकमलाई सफल र समृद्ध बनाउन कर्मचारीसँग सल्लाह, सुझाव लिइरहेको बताइन् । राजभण्डारीले टेलिकमले सुरु गरेका आयोजनालाई छिटो सम्पन्न गराउनुका साथै आगामी पाँच बर्ष भित्रमा संस्थालाई अझ बलियो अवस्थामा पुर्याउने प्रयास गरेको बताइन् ।

उनले संस्थाका सम्पुर्ण कर्मचारीले आफ्नो उत्तरदायित्व पुरा गर्दै कम्पनीलाई सेवामुखी, नाफामुखी र गुणस्तरीय बनाउनु् पर्ने बताइन् । राजभण्डारीका अनुुसार संस्थाले फाइबर सहितको सेवा विस्तार, ताररहित सेवा विस्तारलाई आगामी आव भित्र देशैभर विस्तार गर्ने टेलिकमको मुख्य योजना रहेको छ ।

नेपाल कर्मचारी संघका अध्यक्ष राजबहादुर राहुले कर्मचारीका हकहितका लागि कम्पनीले विमा, स्वास्थ्य खर्च, दुर्गम भत्ता, बोनस लगायतका सुविधाहरु उपलब्ध गराउनका लागि टेलिकम प्रयासरत रहेको बताए । कर्मचारीको हितका लागि सबै कर्मचारी एक जुट भएर लागेमा मात्र सम्भव भएको उनको भनाइ छ ।

पूर्व मन्त्री लेखराज भट्टले टेलिकममा विभिन्न प्रकारका समस्या रहेको र यो प्रकारको समस्या सबै सरकारी संस्थामा रहेको बताए । उनले अहिले टेलिकममा सेवा, गुणस्तर लगायतका व्याबस्थापनमाथि विभिन्न प्रश्न उठेकाले यसलाई समयमै समाधान गर्नुपर्ने बताए ।

विभिन्न टे्रड युनियनका नेताहरुले संस्थामा कर्मचारीको हकहितका लागि विशेष कार्य गर्नुपर्ने बताए । उनीहरुले टेलिकममा आबद्ध कर्मचारीको जीवन विमा, बोनस, स्वास्थ्य उपचार, दुर्गम भत्ता लगायतका विषयमा माग गरे ।

Advertisement

Advertisement

Advertisement