माघ ७ देखि अष्ट्रेलियन युनिभर्सिटी फेयर, २७ भन्दा बढि विश्वविद्यालय नेपालमै आउँदैै

Advertisement

काठमाडौंः विशेषगरी अष्ट्रेलिया अध्ययनका लागि उत्कृष्ट परामर्शदाताको रुपमा चिनिएको ग्लोबल रिच नेपालले आउँदो माघ ७ गतेदेखि नेपालमा चार दिने शैक्षिक मेला आयोजना गर्ने भएको छ ।

नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटानबाट विद्यार्थीहरुका लागि अध्ययन गर्न अष्ट्रेलियासहितका मुलुकमा पठाउँदै आएको ग्लोबल रिचले माघ ७ गते काठमाडौंका अन्नपूर्ण होटलमा र ८, ९ र १० गते क्रमस बुटवलको क्लव डेनोभन, चितवनको भरतपुर गार्डेन रिसोर्ट र पोखराको होटल पोखरा ग्राण्डेमा ‘अष्ट्रेलियन युनिभर्सिटी फेयर’ आयोजना गर्न लागेको हो ।

ग्लोबल रिच विदेश अध्ययनका लागि धेरै विद्यार्थीहरुको भरपर्दो र उत्कृष्ट माध्यम बन्दै आएको छ । ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजका अनुसार अष्ट्रेलियाका २७ भन्दा बढि विश्वविद्यालयहरुको सहभागितामा यो शैक्षिक प्रदर्शनी आयोजना गर्न लागिएको हो । कार्यक्रममा प्रवेशका लागि विद्यार्थीलाई कुनै शुल्क लाग्दैन ।

आफूले चाहेको विश्वविद्यालयहरुमा आफूले चाहेको विषयमा पढन सम्वन्धित विद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुरा गर्ने, निवेदन दिने, छात्रवृत्तिको कुरा गर्न सकिने भएकाले यस फेयरको विशेष महत्व रहेको भन्दै बजाजले ग्लोबल रिचप्रति अभिभावकदेखि विद्यार्थीहरुको विश्वसनियत बढनुको कारण पारदर्शी कार्यक्रम र परामर्श भएको बताए ।

Advertisement

Advertisement

Advertisement