केन्द्रिय बैंकले आज १० अर्व रुपियाँ बैंकिङ प्रणालीमा पठाउँदै

Advertisement

काठमाडौं: नेपालको केन्द्रिय बैंक राष्ट्र बैंकले बुधबार पुनः १० अर्व रुपियाँ बैंकहरुलाई तरलता अभाव समाधानका लागि पठाउने भएको छ ।
केन्द्रिय बैंकले गयको आईतबार पनि विकास ऋणपत्र खरिद गरेर ५ अर्ब रुपियाँ बैंकिङ प्रणालीमा पठाएको थियो ।

बैंकहरुमा लगानी गर्ने पैसा अभाव भएपछि नियामक राष्ट्र बैंकले बैंकहरुसँग भएको विकास ऋणपत्र खरिद गरेर १० अर्ब रुपियाँ प्रवाह गर्न लागेको हो ।

यसका लागि बैंकहरुले बिक्री गर्न चाहेको विकास ऋणपत्रको सिरिज नं, परिमाण र कति मूल्यमा बिक्री गर्न चाहेको हो सो खुलाई पुस १९ गते दिउँसो २ बजेसम्म बोलकबोल गरिसक्नुपर्नेछ ।

बोलकबोल निष्कासन पनि सोही आजै अपरान्ह हुनेछ । बैंकहरुले आफूसँग भएको विकास ऋणपत्र बिक्री गरेर रकम लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement