सिलवाललाई पक्राउ पूर्जी जारी गरीएको पत्रको व्यहोरा यस्तो छ

Advertisement

काठमाडौं: संयोग हो या नियोजित ? जव प्रहरीले पुर्व प्रहरी नायव महानिरीक्षक तथा एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काट्यो तव उनी सोही दिन मलेसिया उडे ।

काठमाडौँ महानगरीय प्रहरी परिसर, काठमाडौँले सिलवाललाई पक्राउ गर्नभन्दै ललितपुर प्रहरीलाई मंगलबार पत्राचार गरेको छ । उनलाई पक्राउ गरी परिसरमा उपस्थित गराउन भनिएको छ ।

प्रहरीले काटेको पत्रमा यस्तो छ व्यहोरा ?

उपरोक्त सम्बन्धमा यस कार्यलयमा दर्ता भएको मुद्दा दर्ता नम्बर २८३।०७४९ ०७५ मुलकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागजात किर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नुपर्ने भएको हुँदा निम्न स्थान वतन भएका निम्न व्यक्तिलाई अबिलम्ब यस कार्यलयमा उपस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरिदिनहुन अनुरोध गरिएको छ।
जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं. ४ वतन हुने झपटबहादुर सिलवालको नाति दिलबहादुर सिलवालको छोरा वर्ष ५५ को भुपू प्र.ना.म.नि नवराज सिलवाल।

आईजीपी प्रकरणमा कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोग सिलवाल माथि छ। प्रहरीको कार्यसम्पादन मूल्याङ्कन किर्ते गरी पेस गरेको ठहर गर्दै सर्वोच्च अदालतले सिलवालमाथि अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। त्यसलगत्तै ५ पुसमा महानगरीय प्रहरी परिसर कामाडौंमा जाहेरी दर्ता भएको थियो।



सांसद पद के हुन्छ ?
एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर-१ मा उम्मेदवार बनेका सिलवाल अर्थराज्यमन्त्री उदयशमशेर राणालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिन बाँकी नै छ। सिलवाल पक्राउ परिहालेमा पनि सिलवालको सांसद भने पद तत्काल नगुम्ने एक कानुनविद् बताउँछन्। जो कोहीलाई आरोप लागेर पक्राउ पर्दैमा सार्वजनिक पद जादैन जवसम्म उसलाई अदालतले दोषी ठहर गर्दैन ।

Advertisement

Advertisement

Advertisement