विशेष औद्योगिक क्षेत्र भैरहवालाई दुई महिना भित्र बिजुलीः उद्योग सचिव

Advertisement

काठमाडौंः उद्योग सचिव यमकुमारी थापाले उद्योग सम्बन्धि बनाइएको सरकारी नियममा केही त्रुटि हुन सक्ने भन्दै सुधारका लागि कार्यदल गठन गरिएको बताएकी छिन् ।

उनले विशेष औद्योगिक क्षेत्र भैरहवामा अबको दुई महिना भित्र विद्युत उपलब्ध गराइनुका साथै अपुग ठाउँमा सोलारबाट उत्पादित विद्युतको प्रयोग गरिने बताइन् । खतिवडाले औद्योगिक विकासमा सरकारलाईमात्र दोष दिन नहुने भएकाले नीजि क्षेत्रपनि यसमा सामेल हुनपर्ने बताउदै उनले सरकारले प्रत्येक प्रदेशमा एक एक औद्योगिक क्षेत्रको स्थापना गरिने बताएकी हुन् ।

प्राध्यापक पुस्कर बज्राचार्यले देशमा भएका उद्योगले देशकै माग धान्न नसकेको भन्दै औद्योगिक वातावरण निर्माणको लागि सबै एक जुट भएर लाग्नुपर्ने बताए । उनले बजारलाई प्रतिस्पर्धात्मक बनाउनु भन्दा मूल्यलाई प्रतिस्पर्धात्मक बनाउनु पर्ने बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योग प्रर्वधनका लागि मान्छेको सोचाइमानै परिवर्तन गर्नुपर्ने बताए । उनले विश्वमा नेपाल मात्र यस्तो देश जहाँ सजिलै सामान आयात गर्न सकिन्छ भन्दै बढ्दो आयातलाई न्युनिकरण गर्नुपर्ने बताए ।

अर्थविद डा पोषराज पाण्डेले नेपालमा भौतिक संरचना, प्रविधि लगायतका क्षेत्रमा समस्या रहेकाले औद्योगिकीकरण हुन नसकेको बताए । साथै, उनले नेपालमै काम गर्ने बातावरण निर्माणका लागि मानवीय स्रोतमा भरपुर लगानी गर्नुपर्ने बताए । पाण्डेका अनुसार औद्योगिक क्षेत्रमा वैदेशिक लगानी नभए सम्ममा देशले आर्थिक क्रान्ति गर्न असम्भव रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देश रेमिट्यान्समा नटिक्ने बताउँदै उद्योग विकास गर्नुपर्ने बताए । उनले देशमा वैदेशिक लगानी नभित्रिनुमा राजनीतिक कारण रहेको बताउँदै विद्युतको समस्याले गर्दा प्रचुर सम्भावना भएर पनि औद्योगिक क्षेत्रको विकास नभएको बताए ।

Advertisement

Advertisement

Advertisement