विश्वमा इन्टरनेट सेवा उर्फ डिजिटल डिभाइड

Advertisement

इन्टरनेट प्रबिधिको प्रादुभाब इलोक्ट्रोनिक कम्प्युटर सँगसँगै सन् १९५० मा भएको थियो । तथापि, सन् १९९० को दशक पूर्वसम्म इन्टरनेटको उपयोग मुलतः अध्ययन, अनुसन्धानको क्षेत्रमा मात्र सीमित थियो । सन् १९९१ मा वल्डवाइडवेभको सार्वजनिक पश्चात इन्टरनेटको प्रयोग विस्तार भयो । इन्टरनेट प्रविधिको प्रवद्र्धनार्थ सन् १९९२ मा रोवोर्ट कन र भिन्टक्रेफद्धारा इन्टरनेट सोसाइटी स्थापना भयो । सन् १९९३ मा डिएमटी (इाइरेक्ट मल्टिटोन) प्रविधि पहिल्याइयो । सन्् १९९६ मा बे्रव स्टहकले अर्काइभ पहिल्याए । सोही बर्ष डा. हेनिङ सुुलार्जिले भिओआइपि सम्बन्धी इन्टरनेट प्रोटोकल पहिल्याए । सन् १९९८ सेप्टेम्बर ४ मा लेरिपेज र सेर्जोव्रेनले गुगल सर्च इन्जन अगाडि सारे । सन्् २००१ जनवरी १ मा जिम्मी वेल्सले फ्रि इन्साइक्लोपिडियाको रुपमा विकिपिडिया पस्किए । सन् २००४ फेब्रुअरी ४ मा फेसबुक, सन्् २००५ फेब्रुवरी १४ मा युट््युव र सन्् २००७ जुन २९ मा आइफोन सार्बजनिक भयो । यी सबै थोकको मेलोमेसो मिल्दैजाँदा सन्् २००८ मा गुगल सर्च इन्जन बादशाह बन्ने पुग्यो भने २००९ मा फेसबुक सोसल नेटवर्कको बादशाह बन्न पुग्यो । यसरी इन्टरेनको पहुँच सन् १९९५ मा १ प्रतिशत रहेकोमा सन् २००० मा ६.८ प्रतिशत, सन् २००५ मा १५.८ प्रतिशत हुँदै सन् २०१७ मा आईपुग्दा ४८ प्रतिशत पुगेको छ । पहुँच सन् २००५ मा १८.५ प्रतिशत घरधुरीमा इन्टरनेट पुग्दा, इन्टरनेट डेन्सिटी विकसित मुलुकमा ४४.७ प्रतिशत र अतिकम विकसित मुलुकमा ०.३ प्रतिशत रहेको थियो । सन् २०१७ मा ५३.६ घरधुरीमा इन्टनरेट पुग्दा इन्टरनेट डेन्सिटी बिकसित मुलुकमा ८४.४ प्रतिशत र अतिकम विकसित मुलुकमा १४.७ प्रतिशत छ ।

Advertisement

सन् २००५ मा इन्टरनेटको वैयक्तिक उपभोक्ता एक अर्ब दुई करोड र इन्टरनेट डेन्सिटी १५.८ प्रतिशत हुँदा विकसित मुलकमा ५१.३ प्रतिशत, विकासोन्मुख मुलुकमा ७.७ प्रतिशत र अतिकम बिकसित मुलुकमा ०.८ प्रतिशत थियो । सन् २०१७ मा वैयक्तिक उपभोक्ता तीन अर्ब ५७ करोड र इन्टरनेट डेन्सिटी ४८ प्रतिशत पुग्दा बिकसित मुलकमा ८१ प्रतिशत, विकासोन्मुख मुलुकमा ४१.३ र अतिकम बिकसित मुलुकमा १७.५ प्रतिशत छ
सन् २००१ मा ४ प्रतिशत रहेको एक्टिभ मोवाईल ब्रोडब्यान्ड घनत्व सन् २०१७ मा ५६.४ प्रतिशत पुगेको छ । जबकी सोही समयमा फिक्स व्रोडब्यान्ड घनत्व ०.६ प्रतिशतवाट १३.१ प्रतिशत मात्र पुगेको छ । स्मरण रहोस । सन् २०१७ मा एक्टिभ मोवाइल व्रोडब्यान्ड घनत्व विकसित मुलुकमा ९७.१ प्रतिशत हुँदा अतिकम बिकसित मुलुकमा २२.३ प्रतिशत छ । त्यस्तै फिक्स ब्रोडब्यान्ड घनत्व बिकसित मुलुकमा ३१ प्रतिशत हुँदा अतिकम बिकसित मुलुकमा १ प्रतिशत मात्र छ । स्मरण रहोस, २०१७ मा बिश्वको जनसंख्या ७ अर्ब ५९ करोड पुग्दै गर्दा आगामी ५ बर्षमा थप ३ अर्ब मानिस इन्टरनेटमा अनुबन्धन हुने अनुमान छ ।
डिजिटल डिभाइड सन् २०१७ इन्टरनेट डेन्सिटी बिकसित मुलुकमा ८१ प्रतिशत हुँदा, विकासोन्मुख मुलुकमा ४१.३ प्रतिशत र अतिकम बिकसित मुलुकमा १७.५ प्रतिशत मात्र छ । अहिले पनि ४ अर्ब २ करोड अर्थात ५२ प्रतिशत मानिस इन्टरनेटबाट टाढा छन् । युरोपमा २०.४ प्रतिशत, कमन वेल्थ स्टेटमा ३२.३ प्रतिशत, अमेरिकामा ३४.१ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ५६.१ प्रतिशत र अफ्रिकामा ७८.२ प्रतिशत मानिस अफलाइनमा छन् । बिश्वको कूल जनसंख्यामध्ये ४ अर्ब शहरी क्षेत्रमा र ३ अर्ब ५० करोड ग्रामीण क्षेत्रमा बसोवास गर्दैगर्दा शहरी क्षेत्रमा ८९ प्रतिशत मानिसको पहुँचमा थ्रिजी पुग्दा ग्रामीण क्षेत्रका २९ प्रतिशत मासिनले मात्र इन्टरनेट उपभोग गर्न पाएका छन् । स्मरण रहोस, डिजिटल डिभाइड फराकिलो हुनु भनेको असमानताको खाडल फराकिलो बन्न बल मिल्नु हो ।थ्रिजी, फोरजी र फाइवजी टेक्नोलोजी इन्टरनेट प्रयोगकर्ताको खातिर स्पिडको अहम कुरा हो । मोवाइल इन्टरनेटको गतिलाई पुस्ताको नजरले पनि हेरिन्छ । मोवाइल पुस्ता वानजी, टुजी, थ्रिजी, फोरजी हुँदै फाइभजीको चरणमा छ । सन् २००१ मा सुरुवात भएको तेस्रो पुस्ताको मोवाइल सेवा अर्थात थ्रिजीको मानक स्पिड ३.६ एमबीपीएसदेखि २१ एमबीपीएस मानिन्छ । सन् २००७ मा १ अर्ब मासिनमा थ्रिजी सेवा पुगेकोमा अहिले ४ अर्ब मानिसको पहुँचमा थ्रिजी सेवा पुगेको छ । तथापि, बिश्वको कुल जनसंख्यामध्ये ३ अर्ब ५० करोड मानिस ग्रामिण क्षेत्रमा र ४ अर्ब १० करोड मानिस शहरमा बसोवास गरिरहेको परिप्रेक्षमा शहरका ८९ प्रतिशत मानिसमा थ्रिजी सेवा पुग्दै गर्दा गाउँमा भने २९ प्रतिशतले मात्र थ्रिजी सेवा प्राप्त गर्न सकेका छन् ।सन् २००८ ताकाबाट सुरु भएको लङटर्म इभोलोसुन (एलटिई) अर्थात फोरजी अहिलेसम्म कै दु्रतगतिको इन्टरनेट मानिन्छ । एलटिइको मानक स्पिड १० एमबिपिएसदेखि ५० एमबिपिएस मानिन्छ । सन् २०१७ सम्ममा बिश्वका ७८ वटा मुलुकहरुले फोरजी सेवा सञ्चालनमा ल्याइसकेका छन् । दक्षिण कोरियामा ९६ प्रतिशत, जापानमा ९२ प्रतिशत, हङकङमा ८४ प्रतिशत, नर्बेमा ८२ प्रतिशत, अमेरिकमा ८० प्रतिशत, चीनमा ७५ प्रतिशत र भारतमा ७२ प्रतिशत भूभागमा एलटिई कभरेज पुगेको छ । उपभोक्ताले आइपिटेलिफोनी, रोमिङ सर्बिस, हाइडेफिनेशन मोवाइल टिभी, भिडियो कन्फ्रेन्सिङ, थ्रिडी टेलिभिजन, क्लाउड कम्प्युटरिङको लाभलिन सक्ने मात्र नभइले सेवा प्रदायकहरुले टुजी तथा थ्रिजीको तुलनामा अधिक लाभ उठाउनसक्ने हँुदा उपभोक्ता र सेवाप्रदायक संस्था फोरजीप्रति आकर्षित छन् । भलै, फाइभजी अहिल परिक्षणको क्रममा छ । फाईबजी टेक्नोलोजी फोरजीभन्दा ६६ गुना दु्रत हुने, १ हजार अधिक डिभाइसहरु चलाउन सकिने र साबिकको भन्दा अत्यन्त न्युन उर्जाशक्ति खपत गर्ने ठानिएको छ । फाइभजीको स्पिड प्रतिसेकेन्ड १० गिगाबिट हुन आँकलन छ । अमेरिकी कम्पनी एटि एन्ड टी देखि लिएर चिनियाँ कम्पनी हुवावे फाईजी टेक्नोलोजी कस्तो बनाउन रु भनेर अहोरात्र घोत्लिरहेका छन् । चीनमा हुवावे लगायत ५० वटा रिसर्च इन्सिटिचउटहरु फाइजी टेक्नोलोजी कस्तो बनाउने भनेर अनुसन्धानमा जुटिरहेकका छन् । र, फाइजी टेक्नोलोजीको प्रतिक्षा सन् २०२० भित्र अन्त्य हुने बताइन्छउपादेयता सूचना प्रविधि हाम्रो जीबनशैली बनिसकेको परिप्रेक्ष्यमा इन्टरनेटका अनेकौ लाभहरु छन् । सूचना प्रबिधिले मानव जीवनका नयाँ नयाँ आशाहरु पलाएका छन । मानव जीवनलाई खुशी तुल्याउन नयाँ नयाँ चिजको आविस्कार गरिर्दै छ । इ–एजुकेशन, इ–बैंकिङ, इ–सपिङ, लर्निङ, भिडियो कन्फ्रेन्स, टेलिमेडिसिन, भर्चुअल अफिस इन्टरनेट कै देन हो । ज्ञानमा आधारित समाज, ज्ञानमा आधारित उद्योग निर्माणार्थ इन्टरनेटको योगदान कम्ति छैन । कर्पोरेट जगतमा बेष्ट पर्फमेन्स, अटोमेसन, सिम्पलिफेकसन र रोवोटाईजेशन इन्टरनेट कै कारण सम्भब भएको हो ।म्यासेन्जर, इमो, भाइबर, इन्स्ट्राग्राम जस्ता एप इन्टरनेट कै करामत हो । भ्वाइस, भिडियो, टेक्स्ट, म्यासेज सहज मात्र भएको छैन सर्बसुलभ पनि भएको छ । गुगल, युट््युव, विकीपिडिया इन्टरनेट कै देन हो, जसको कारण दुर्लभ, बहुमूल्य, अनपेक्षित सुचनाहरु एक क्लिक मै उपलब्ध हुँदो छ । फेसबुक, टुइटर इन्टरनेट जस्ता सामाजिक सञ्जाल इन्टरनेट कै तरक्की हो । जसको कारण २१औं शताब्दीको व्यस्त मनुष्य भाग दौड र व्यस्तका बाबजुध सामाजिक सम्बन्ध र चहलपहलबाट बिचलित हुनु परेको छैन ।इन्टरनेट र एन्ड्रोइड टेक्नोलोजिको कारण आर्टिफिसियल इन्टेजेन्सी, गुगलिङ वा क्लाउड सम्भब भएको छ । कागजबिहीन कार्य (पेपरलेस वर्क), भर्चुयल मार्केट प्लेस र साइबर प्राप्त इन्टरनेटको कारण प्राप्त भएको हो । इन्टरनेटको कारण समय, पैसा, मशि र कागज बचत भएको छ । स्मार्ट सिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट इनर्जी, स्मार्ट ड्राइभिङ, स्मार्ट ट्राफिक इन्टरनेट कै कमाल हो । इन्टरनेटका कारण आम मानिसको दिनचर्या दिनानुदिन स्र्माट बन्दो छ । आमनागरिक स्मार्ट बन्नु भनेको गरिबी, पछौटेपनले पारपाचुके पाउनु हो ।आवश्यक सुधार सन् २०१७ मा प्रतिघरधुरी इन्टरनेट डेन्सिटी विकसित मुलुकमा ८४.४ प्रतिशत, विकासोन्मुख मुलुकमा ४२.९ प्रतिशत हुँदा अतिकम बिकसित मुलुकमा १४.७ प्रतिशत मात्र छ । त्यस्तै इन्टरनेटको वैयत्तिक पहुँच विकसित मुलकमा १ अर्ब २ करोड मानिसमा, विकासोन्मुख मुलुकमा २ अर्ब ५५ करोड मानिसमा पुग्दा अतिकम विकसित मुलुकमा १७ करोड २० लाख मात्र छ । इन्टरनेट विकासको आधार र समृद्धिको जननी पनि हो । इन्टरनेटको पहुँचमा ठूलो विसमता हुनु भनेको हुने र नहुने, धनी र गरिब, सम्पन्न र विपन्न, शोषक र शोषितबीचको खाडल अझ फराकिलो हुनु हो ।सन् २०१७ मा वैयक्तिक इन्टरनेट डेन्सिटी विकसित मुलुकमा ८१ प्रतिशत हुँदा, विकासोन्मुख मुलुकमा ४१.३ प्रतिशत र अतिकम विकसित मुलुकमा १७.५ प्रतिशत मात्र छ । अहिले पनि ४ अर्ब २ करोड अर्थात ५२ प्रतिशत मानिस इन्टरनेटबाट टाढा छन् । युरोपमा २०.४ प्रतिशत, कमन वेल्थ स्टेटमा ३२.३ प्रतिशत, अमेरिकामा ३४.१ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ५६.१ प्रतिशत र अफ्रिकामा ७८.२ प्रतिशत मानिस अफलाइनमा छन् । विश्वको कूल जनसंख्यामध्ये ४ अर्ब शहरी क्षेत्रमा र ३ अर्ब ५० करोड ग्रामीण क्षेत्रमा बसोवास गर्दैगर्दा शहरी क्षेत्रमा ८९ प्रतिशत मानिसको पहुँचमा थ्रिजी पुग्दा ग्रामीण क्षेत्रका २९ प्रतिशत मासिनले मात्र इन्टरनेट उपभोग गर्न पाएका छन् । डिजिटल डिभाइड फराकिलो हुनु भनेको असमानताको खाडल फराकिलो बन्न बल मिल्नु हो । यसर्थ संयुक्त राष्ट्र संघले अगाडि सारेको दिगो विकास लक्ष्य प्राप्ती, कमजोर मुलुकहरुको सवलिकरण, विकसित र अविकसित मुलुकबीचको असमानता न्युनीकरण, भूमण्डलीकरण तथा विश्वव्यापिकरणबाट सिर्जित नकारात्मक प्रभाव निदानका लागि इन्टनेट सेवाको बिस्तारलाई बिपन्न मुलुकमुखी बनाउनु आवश्यक छ ।

मो. ९८५११९९५७७

Advertisement

Advertisement