विश्वमा इन्टरनेट सेवा उर्फ डिजिटल डिभाइड

global-digital-devide-sangharsa-budhathki

इन्टरनेट प्रबिधिको प्रादुभाब इलोक्ट्रोनिक कम्प्युटर सँगसँगै सन् १९५० मा भएको थियो । तथापि, सन् १९९० को दशक पूर्वसम्म इन्टरनेटको उपयोग मुलतः अध्ययन, अनुसन्धानको क्षेत्रमा मात्र सीमित थियो । सन् १९९१ मा वल्डवाइडवेभको सार्वजनिक पश्चात इन्टरनेटको प्रयोग विस्तार भयो । इन्टरनेट प्रविधिको प्रवद्र्धनार्थ सन् १९९२ मा रोवोर्ट कन र भिन्टक्रेफद्धारा इन्टरनेट सोसाइटी स्थापना भयो । सन् १९९३ मा डिएमटी (इाइरेक्ट मल्टिटोन) प्रविधि पहिल्याइयो । सन्् १९९६ मा बे्रव स्टहकले अर्काइभ पहिल्याए । सोही बर्ष डा. हेनिङ सुुलार्जिले भिओआइपि सम्बन्धी इन्टरनेट प्रोटोकल पहिल्याए । सन् १९९८ सेप्टेम्बर ४ मा लेरिपेज र सेर्जोव्रेनले गुगल सर्च इन्जन अगाडि सारे । सन्् २००१ जनवरी १ मा जिम्मी वेल्सले फ्रि इन्साइक्लोपिडियाको रुपमा विकिपिडिया पस्किए । सन् २००४ फेब्रुअरी ४ मा फेसबुक, सन्् २००५ फेब्रुवरी १४ मा युट््युव र सन्् २००७ जुन २९ मा आइफोन सार्बजनिक भयो । यी सबै थोकको मेलोमेसो मिल्दैजाँदा सन्् २००८ मा गुगल सर्च इन्जन बादशाह बन्ने पुग्यो भने २००९ मा फेसबुक सोसल नेटवर्कको बादशाह बन्न पुग्यो । यसरी इन्टरेनको पहुँच सन् १९९५ मा १ प्रतिशत रहेकोमा सन् २००० मा ६.८ प्रतिशत, सन् २००५ मा १५.८ प्रतिशत हुँदै सन् २०१७ मा आईपुग्दा ४८ प्रतिशत पुगेको छ ।

पहुँच
सन् २००५ मा १८.५ प्रतिशत घरधुरीमा इन्टरनेट पुग्दा, इन्टरनेट डेन्सिटी विकसित मुलुकमा ४४.७ प्रतिशत र अतिकम विकसित मुलुकमा ०.३ प्रतिशत रहेको थियो । सन् २०१७ मा ५३.६ घरधुरीमा इन्टनरेट पुग्दा इन्टरनेट डेन्सिटी बिकसित मुलुकमा ८४.४ प्रतिशत र अतिकम विकसित मुलुकमा १४.७ प्रतिशत छ ।

united_cement

सन् २००५ मा इन्टरनेटको वैयक्तिक उपभोक्ता एक अर्ब दुई करोड र इन्टरनेट डेन्सिटी १५.८ प्रतिशत हुँदा विकसित मुलकमा ५१.३ प्रतिशत, विकासोन्मुख मुलुकमा ७.७ प्रतिशत र अतिकम बिकसित मुलुकमा ०.८ प्रतिशत थियो । सन् २०१७ मा वैयक्तिक उपभोक्ता तीन अर्ब ५७ करोड र इन्टरनेट डेन्सिटी ४८ प्रतिशत पुग्दा बिकसित मुलकमा ८१ प्रतिशत, विकासोन्मुख मुलुकमा ४१.३ र अतिकम बिकसित मुलुकमा १७.५ प्रतिशत छ

सन् २००१ मा ४ प्रतिशत रहेको एक्टिभ मोवाईल ब्रोडब्यान्ड घनत्व सन् २०१७ मा ५६.४ प्रतिशत पुगेको छ । जबकी सोही समयमा फिक्स व्रोडब्यान्ड घनत्व ०.६ प्रतिशतवाट १३.१ प्रतिशत मात्र पुगेको छ । स्मरण रहोस । सन् २०१७ मा एक्टिभ मोवाइल व्रोडब्यान्ड घनत्व विकसित मुलुकमा ९७.१ प्रतिशत हुँदा अतिकम बिकसित मुलुकमा २२.३ प्रतिशत छ । त्यस्तै फिक्स ब्रोडब्यान्ड घनत्व बिकसित मुलुकमा ३१ प्रतिशत हुँदा अतिकम बिकसित मुलुकमा १ प्रतिशत मात्र छ । स्मरण रहोस, २०१७ मा बिश्वको जनसंख्या ७ अर्ब ५९ करोड पुग्दै गर्दा आगामी ५ बर्षमा थप ३ अर्ब मानिस इन्टरनेटमा अनुबन्धन हुने अनुमान छ ।

डिजिटल डिभाइड
सन् २०१७ इन्टरनेट डेन्सिटी बिकसित मुलुकमा ८१ प्रतिशत हुँदा, विकासोन्मुख मुलुकमा ४१.३ प्रतिशत र अतिकम बिकसित मुलुकमा १७.५ प्रतिशत मात्र छ । अहिले पनि ४ अर्ब २ करोड अर्थात ५२ प्रतिशत मानिस इन्टरनेटबाट टाढा छन् । युरोपमा २०.४ प्रतिशत, कमन वेल्थ स्टेटमा ३२.३ प्रतिशत, अमेरिकामा ३४.१ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ५६.१ प्रतिशत र अफ्रिकामा ७८.२ प्रतिशत मानिस अफलाइनमा छन् । बिश्वको कूल जनसंख्यामध्ये ४ अर्ब शहरी क्षेत्रमा र ३ अर्ब ५० करोड ग्रामीण क्षेत्रमा बसोवास गर्दैगर्दा शहरी क्षेत्रमा ८९ प्रतिशत मानिसको पहुँचमा थ्रिजी पुग्दा ग्रामीण क्षेत्रका २९ प्रतिशत मासिनले मात्र इन्टरनेट उपभोग गर्न पाएका छन् । स्मरण रहोस, डिजिटल डिभाइड फराकिलो हुनु भनेको असमानताको खाडल फराकिलो बन्न बल मिल्नु हो ।

थ्रिजी, फोरजी र फाइवजी टेक्नोलोजी
इन्टरनेट प्रयोगकर्ताको खातिर स्पिडको अहम कुरा हो । मोवाइल इन्टरनेटको गतिलाई पुस्ताको नजरले पनि हेरिन्छ । मोवाइल पुस्ता वानजी, टुजी, थ्रिजी, फोरजी हुँदै फाइभजीको चरणमा छ । सन् २००१ मा सुरुवात भएको तेस्रो पुस्ताको मोवाइल सेवा अर्थात थ्रिजीको मानक स्पिड ३.६ एमबीपीएसदेखि २१ एमबीपीएस मानिन्छ । सन् २००७ मा १ अर्ब मासिनमा थ्रिजी सेवा पुगेकोमा अहिले ४ अर्ब मानिसको पहुँचमा थ्रिजी सेवा पुगेको छ । तथापि, बिश्वको कुल जनसंख्यामध्ये ३ अर्ब ५० करोड मानिस ग्रामिण क्षेत्रमा र ४ अर्ब १० करोड मानिस शहरमा बसोवास गरिरहेको परिप्रेक्षमा शहरका ८९ प्रतिशत मानिसमा थ्रिजी सेवा पुग्दै गर्दा गाउँमा भने २९ प्रतिशतले मात्र थ्रिजी सेवा प्राप्त गर्न सकेका छन् ।

सन् २००८ ताकाबाट सुरु भएको लङटर्म इभोलोसुन (एलटिई) अर्थात फोरजी अहिलेसम्म कै दु्रतगतिको इन्टरनेट मानिन्छ । एलटिइको मानक स्पिड १० एमबिपिएसदेखि ५० एमबिपिएस मानिन्छ । सन् २०१७ सम्ममा बिश्वका ७८ वटा मुलुकहरुले फोरजी सेवा सञ्चालनमा ल्याइसकेका छन् । दक्षिण कोरियामा ९६ प्रतिशत, जापानमा ९२ प्रतिशत, हङकङमा ८४ प्रतिशत, नर्बेमा ८२ प्रतिशत, अमेरिकमा ८० प्रतिशत, चीनमा ७५ प्रतिशत र भारतमा ७२ प्रतिशत भूभागमा एलटिई कभरेज पुगेको छ । उपभोक्ताले आइपिटेलिफोनी, रोमिङ सर्बिस, हाइडेफिनेशन मोवाइल टिभी, भिडियो कन्फ्रेन्सिङ, थ्रिडी टेलिभिजन, क्लाउड कम्प्युटरिङको लाभलिन सक्ने मात्र नभइले सेवा प्रदायकहरुले टुजी तथा थ्रिजीको तुलनामा अधिक लाभ उठाउनसक्ने हँुदा उपभोक्ता र सेवाप्रदायक संस्था फोरजीप्रति आकर्षित छन् ।
भलै, फाइभजी अहिल परिक्षणको क्रममा छ । फाईबजी टेक्नोलोजी फोरजीभन्दा ६६ गुना दु्रत हुने, १ हजार अधिक डिभाइसहरु चलाउन सकिने र साबिकको भन्दा अत्यन्त न्युन उर्जाशक्ति खपत गर्ने ठानिएको छ । फाइभजीको स्पिड प्रतिसेकेन्ड १० गिगाबिट हुन आँकलन छ । अमेरिकी कम्पनी एटि एन्ड टी देखि लिएर चिनियाँ कम्पनी हुवावे फाईजी टेक्नोलोजी कस्तो बनाउन रु भनेर अहोरात्र घोत्लिरहेका छन् । चीनमा हुवावे लगायत ५० वटा रिसर्च इन्सिटिचउटहरु फाइजी टेक्नोलोजी कस्तो बनाउने भनेर अनुसन्धानमा जुटिरहेकका छन् । र, फाइजी टेक्नोलोजीको प्रतिक्षा सन् २०२० भित्र अन्त्य हुने बताइन्छ

उपादेयता
सूचना प्रविधि हाम्रो जीबनशैली बनिसकेको परिप्रेक्ष्यमा इन्टरनेटका अनेकौ लाभहरु छन् । सूचना प्रबिधिले मानव जीवनका नयाँ नयाँ आशाहरु पलाएका छन । मानव जीवनलाई खुशी तुल्याउन नयाँ नयाँ चिजको आविस्कार गरिर्दै छ । इ–एजुकेशन, इ–बैंकिङ, इ–सपिङ, लर्निङ, भिडियो कन्फ्रेन्स, टेलिमेडिसिन, भर्चुअल अफिस इन्टरनेट कै देन हो । ज्ञानमा आधारित समाज, ज्ञानमा आधारित उद्योग निर्माणार्थ इन्टरनेटको योगदान कम्ति छैन । कर्पोरेट जगतमा बेष्ट पर्फमेन्स, अटोमेसन, सिम्पलिफेकसन र रोवोटाईजेशन इन्टरनेट कै कारण सम्भब भएको हो ।

म्यासेन्जर, इमो, भाइबर, इन्स्ट्राग्राम जस्ता एप इन्टरनेट कै करामत हो । भ्वाइस, भिडियो, टेक्स्ट, म्यासेज सहज मात्र भएको छैन सर्बसुलभ पनि भएको छ । गुगल, युट््युव, विकीपिडिया इन्टरनेट कै देन हो, जसको कारण दुर्लभ, बहुमूल्य, अनपेक्षित सुचनाहरु एक क्लिक मै उपलब्ध हुँदो छ । फेसबुक, टुइटर इन्टरनेट जस्ता सामाजिक सञ्जाल इन्टरनेट कै तरक्की हो । जसको कारण २१औं शताब्दीको व्यस्त मनुष्य भाग दौड र व्यस्तका बाबजुध सामाजिक सम्बन्ध र चहलपहलबाट बिचलित हुनु परेको छैन ।

इन्टरनेट र एन्ड्रोइड टेक्नोलोजिको कारण आर्टिफिसियल इन्टेजेन्सी, गुगलिङ वा क्लाउड सम्भब भएको छ । कागजबिहीन कार्य (पेपरलेस वर्क), भर्चुयल मार्केट प्लेस र साइबर प्राप्त इन्टरनेटको कारण प्राप्त भएको हो । इन्टरनेटको कारण समय, पैसा, मशि र कागज बचत भएको छ । स्मार्ट सिटी, स्मार्ट एग्रिकल्चर, स्मार्ट इनर्जी, स्मार्ट ड्राइभिङ, स्मार्ट ट्राफिक इन्टरनेट कै कमाल हो । इन्टरनेटका कारण आम मानिसको दिनचर्या दिनानुदिन स्र्माट बन्दो छ । आमनागरिक स्मार्ट बन्नु भनेको गरिबी, पछौटेपनले पारपाचुके पाउनु हो ।

आवश्यक सुधार
सन् २०१७ मा प्रतिघरधुरी इन्टरनेट डेन्सिटी विकसित मुलुकमा ८४.४ प्रतिशत, विकासोन्मुख मुलुकमा ४२.९ प्रतिशत हुँदा अतिकम बिकसित मुलुकमा १४.७ प्रतिशत मात्र छ । त्यस्तै इन्टरनेटको वैयत्तिक पहुँच विकसित मुलकमा १ अर्ब २ करोड मानिसमा, विकासोन्मुख मुलुकमा २ अर्ब ५५ करोड मानिसमा पुग्दा अतिकम विकसित मुलुकमा १७ करोड २० लाख मात्र छ । इन्टरनेट विकासको आधार र समृद्धिको जननी पनि हो । इन्टरनेटको पहुँचमा ठूलो विसमता हुनु भनेको हुने र नहुने, धनी र गरिब, सम्पन्न र विपन्न, शोषक र शोषितबीचको खाडल अझ फराकिलो हुनु हो ।

सन् २०१७ मा वैयक्तिक इन्टरनेट डेन्सिटी विकसित मुलुकमा ८१ प्रतिशत हुँदा, विकासोन्मुख मुलुकमा ४१.३ प्रतिशत र अतिकम विकसित मुलुकमा १७.५ प्रतिशत मात्र छ । अहिले पनि ४ अर्ब २ करोड अर्थात ५२ प्रतिशत मानिस इन्टरनेटबाट टाढा छन् । युरोपमा २०.४ प्रतिशत, कमन वेल्थ स्टेटमा ३२.३ प्रतिशत, अमेरिकामा ३४.१ प्रतिशत, एसिया तथा प्रशान्त क्षेत्रमा ५६.१ प्रतिशत र अफ्रिकामा ७८.२ प्रतिशत मानिस अफलाइनमा छन् । विश्वको कूल जनसंख्यामध्ये ४ अर्ब शहरी क्षेत्रमा र ३ अर्ब ५० करोड ग्रामीण क्षेत्रमा बसोवास गर्दैगर्दा शहरी क्षेत्रमा ८९ प्रतिशत मानिसको पहुँचमा थ्रिजी पुग्दा ग्रामीण क्षेत्रका २९ प्रतिशत मासिनले मात्र इन्टरनेट उपभोग गर्न पाएका छन् । डिजिटल डिभाइड फराकिलो हुनु भनेको असमानताको खाडल फराकिलो बन्न बल मिल्नु हो । यसर्थ संयुक्त राष्ट्र संघले अगाडि सारेको दिगो विकास लक्ष्य प्राप्ती, कमजोर मुलुकहरुको सवलिकरण, विकसित र अविकसित मुलुकबीचको असमानता न्युनीकरण, भूमण्डलीकरण तथा विश्वव्यापिकरणबाट सिर्जित नकारात्मक प्रभाव निदानका लागि इन्टनेट सेवाको बिस्तारलाई बिपन्न मुलुकमुखी बनाउनु आवश्यक छ ।

मो. ९८५११९९५७७