बैंकर्स एसोसिएसनमा ढुंगाना आज निर्विरोध अध्यक्ष चयन हुँदै

Advertisement

काठमाडौं: नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना निर्विरोध चयन हुने पक्का भएको छ ।

यसलाई विहिबार साँझ बस्ने विशेष साधारण सभाले अनुमोदन गर्न औपचारिकता भने बाँकी छ ।

ढुंगानाका अनुसार अध्यक्षमा उम्मेदवारी दर्ता गराउने समय सकिइसकेको र अहिलेसम्ममा आफ्नो मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित हुनेछु ।

हाल संघको उपाध्यक्ष रहेका ढुंगाना अध्यक्ष अनिल केशरी शाह मेगा बैंकबाट बाहिरिएपछि कार्यवाहक अध्यक्षको भूमिकामा थिए । अब बैंकर्स संघको अध्यक्षमा ढुंगाना अनुमोदन भएपछि उनको ठाउँमा उपाध्यक्षको पद कसले हत्याउला भन्ने चासो चलेको छ ।

Advertisement

Advertisement

Advertisement