प्रिमियर इन्सुरेन्सको एफपीओमा पर्यो छ गुँणा बढीको आवेदन

Advertisement

काठमाडौंः प्रिमियर इन्सुरेन्सको एफपीओमा एक लाख ८३ हजार ८४६ जना लगानीकर्ताले तीन अर्ब २२ करोड ५८ लाख रुपियाँ बराबरको आवेदन दिएका छन् । जुन आवश्यक भन्दा छ दशमलव १२ गुणले बढीको आवेदन हो ।

बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको उक्त एफपीओ वतरण गोलाप्रथााबट ६५ हजार ९५६ जना आवेदकले मात्र सेयर पाउने छन् । आवेदक मध्येबाट ३५ दशमलव ७५ प्रतिशतले मात्र एफपीाओ पाउने भएका हुन् ।

प्रिमियरले पुस १६ गतेदेखि १९ गतेसम्म फेस भ्यालु एक सय रुपियाँमा ६९९ रुपियाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपियाँका दरले छ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । यस एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार २९० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

प्रिमियरले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपियाँ बराबरको एफपीओ जारी गरेको हो । हाल ४४ करोड ८५ लाख ३ हजार ८०० रुपियाँ चुत्ता पुँजी रहेकोमा एफपीओपछि ५१ करोड ४४ लाख ६० हजार ३०० रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement