नेप्सेमा एकल अंकको सुधार, बाणिज्य बैंक र अन्य समूहले घटन दिएन बजार

Advertisement

काठमाडौंः सेयर बजारमा पछिल्ला दिन उचार चढाव देखिएको बेला बिहीबार सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से एकल अंकले बढेर एक हजार ४२३ दशमलव ८३ अंक कायम भएको छ भने कारोबार कारोबार रकममा हिजोभन्दा करिव आठ करोड रुपियाँ वृद्धि भएर साढे ५३ करोड रुपियाँको कारोबार भएको छ ।

आज विशेषगरी बाणिज्य बैंक र अन्य समूहका कम्पनीहरुको कारोबार राम्रो हुँदा नेप्से एकल अंकले माथि उक्लिएको हो । सयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको उपसुचक शुन्य दशमलव ५२ प्रतिशतले उक्लिएको छ भने अन्य समूहको उपसुचक दुई दशमलव एक प्रतिशतले उक्लिएको छ ।

जलविद्युत, वित्त, बिमा, उत्पादनमूलक र लघुवित्त समूहका उपसुचकहरुमा सामान्य सुधार छ भने व्यापार, होटल र विकास बैंक समूहमा आज पनि ओरालो लागेको छ । आज १२ करोड २६ लाख रुपियाँको एसियान लाइफ इन्स्योरेन्सको संस्थापक सेयर खरिद बिक्री भएको छ भने धेरे नाफा गर्नेमा अल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ता सबैभन्दा अगाडि छन् । सबैभन्दा धेरै गिरावट एसियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर नै छ ।

Advertisement

Advertisement

Advertisement