विद्युत प्राधिकरणमा जागिर लगाईदिने भनी ठगी गर्ने कानून व्यवसायीसमेत गरी दुई जना पक्राउ

Advertisement

काठमाडौँ: प्रहरीले विहिबार नेपाल बिद्युत प्राधिकरणमा खुलेका विभिन्न पदहरुमा जागिर लगाइदिने भन्दै ठगी धन्दा चलाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको अपराध महाशाखाले उनीहरुलाई विभिन्न ठाउंबाट १७ र १८ गते पक्राउ गरेको हो ।

घटना विवरण यस्तो छ

प्राधिकरणबाट विज्ञापन नं।०७१/०७२ (प्र ४/ २०४ मिति २०७१/०५/२२ गते विभिन्न तहमा कर्मचारीहरु माग भएकोमा सिनियर मिटर रिडर पदमा आवेदन दिएकामध्य केही आवेदकसँग सप्तरी बलान विहुल घर भएका जय प्रकाश दास र सिराहा भगवानपुर घर भएका अशोक कुमार मुखिया ९२ जनाले पीडितहरुसँग सम्पर्क गरी जय प्रकाश दासले आफु श्रम मन्त्रालयको कर्मचारी हुँ भनि प्रभावमा पारी आफुले विद्युत प्राधिकरणका जि।एम। लगायतका ठुला कर्मचारी चिनेको छु, खर्च गरेमा जागिर लगाई दिन सक्छु भनी आफ्नो बैंक खाता मार्फत जम्मा १०,००,००० रुपियाँ ठगी गरी दुवै जना सम्पर्क विहिन भएको ।

यस महाशाखाबाट खटिएको टोलीले उक्त ठगीजन्य कार्यमा संलग्न रहेका अशोक कुमार मुखियालाई खोजतलासको क्रममा मिति २०७४।०९।१७ गते काठमाण्डौ सिनामंगलबाट पक्राउ गरिएको र जय प्रकाश दासलाई मिति २०७४।०९।१८ गते पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारवाहीको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ हिरासतमा राख्न म्याद थप भएको ।

साथै निज जय प्रकाश दास र अशोक कुमार मुखियाले अन्य ४ जना व्यक्तिहरुलाई समेत ठगी गरेकोले यस महाशाखामा जाहेरी दिन आएको र अन्य पिडितहरु पनि हुन सक्ने भन्ने बुझिएको हुँदा थप अनुसन्धान भईरहेको ।
कानूनी सजायको व्यवस्था:

निजहरु उपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।
पक्राउ परेको व्यक्ति:
१. जय प्रकाश दास
उमेर: ३७ बर्ष
स्थायी ठेगाना: जिल्ला सप्तरी बलान बिहुल गा।पा। -६
अस्थायी ठेगाना: का/ जि।३२ कोटेश्वर
पेशा: कानुन व्यबसायी

२. नाम:अशोक कुमार मुखिया
उमेर: ४३ वर्ष
स्थायी वतन: जिल्ला सिराहा भगवानपुर गा।पा। २
अस्थायी का।जि।नयाँबानेश्वर शान्तिनगर

Advertisement

Advertisement

Advertisement